असदको पतनपछि ५ दिनमा ७६०० सिरियाली टर्की सीमा हुँदै स्वदेश फिर्ता


प्रकाशित मिति : मंसिर ३०, २०८१ आईतबार

TÜRKIYE-HATAY-SYRIANS-RETURNING

सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल–असदको पतन भएको पाँच दिनमा सात हजार छ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताउनुभएको छ ।

एक्समा दिएको बयानमा गृहमन्त्री अली येरलिकायाले डिसेम्बर ९ र १३ को बीचमा प्रत्येक दिन ‘टर्कीबाट स्वेच्छाले फर्केका’ सिरियालीहरूको कुल सङ्ख्या सूचीबद्ध गर्नुभएको छ । यसमा पाँच दिनको सङ्ख्या सात हजार छ सय २१ आप्रवासी थिए।

टर्की सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सिरियाबाट भागेका करिब ३० लाख शरणार्थीहरूको घर हो र असदको पतनले धेरैजना घर फर्कने आशा जगाएको छ ।

सोमबार बिहान एएफपीका संवाददाताहरूले सिरियाको दोस्रो सहर अलेप्पोबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सिलभेगोजु सीमामा सयौँ शरणार्थी भेला भएको देखे र गृह मन्त्रालयको तथ्याङ्कले त्यस दिन एक हजार दुई सय ५९ जनाले पार गरेको देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

येरलिकायाका अनुसार अर्को दिन एक हजार छ सय ६९, बुधबार एक हजार दुई सय ९३, बिहीबार एक हजार पाँच सय ५३ र शुक्रबार एक हजार आठ सय ४७ जनाले सीमा पार गरेका थिए ।

असदको पतन भएको ४८ घन्टाभित्रै टर्कीले आफ्नो दैनिक सीमा पार गर्ने क्षमतालाई तीन हजारबाट १५ हजारदेखि २० हजारसम्म बढाएको थियो ।

टर्कीले सिरियासँग नौ सय किलोमिटर लामो सीमा साझा गरेको छ र यसले ‘यातायात सहज बनाउन’ सुदूर पश्चिममा छैटौँ नाका खोल्ने बताएको छ ।

टर्की समाजभित्र सिरियाली विरोधी भावना बढ्दै जाँदा अङ्कारा सकेसम्म धेरै शरणार्थी आफ्नो मातृभूमिमा फर्कन हेर्न उत्सुक छ ।

गृह मन्त्रालयका अनुसार तिनीहरूमध्ये करिब १२ लाख ४० हजार (करिब ४२ प्रतिशत) अलेप्पो क्षेत्रका हुन् ।

नयाँ सरकारलाई सैन्य सहयोग गर्न टर्की तयार : रक्षामन्त्री

यसैबीच टर्कीले असदलाई सत्ताच्यूत गर्ने विद्रोहीहरूले अनुरोध गरेमा उनीहरूले स्थापना गरेको सिरियाको नयाँ इस्लामवादी नेतृत्वको सरकारलाई सैन्य सहयोग गर्न तयार रहेको बताएको छ ।

रक्षामन्त्री यासर गुलरले आइतबार पत्रकारहरूसँग राज्य समाचार संस्था अनाडोलु र अन्य टर्की मीडिया माध्यमहरूमा रिपोर्ट गरिएका कुरामा नयाँ नेतृत्वलाई ‘अवसर’ दिइनुपर्ने र टर्की ‘नयाँ प्रशासनले अनुरोध गरेमा आवश्यक सहयोग गर्न तयार’ रहेको बताउनुभयो ।

“नयाँ प्रशासनले के गर्छ भनेर हेर्न आवश्यक छ । हामीलाई लाग्छ उनीहरूलाई मौका दिनु आवश्यक छ”, गुलरले हयात ताहरिर अल–शाम (एचटिएस) विद्रोही गठबन्धनको बारेमा भन्नुभयो । उक्त गठबन्धन अल–कायदाको सिरिया शाखामा निहित छ र धेरै पश्चिमी सरकारहरूद्वारा ‘आतङ्कवादी’ सङ्गठनका रूपमा घोषित गरिएको छ ।

तर, एचटिएसले आफ्नो बयानबाजीलाई मध्यम बनाउन खोजेको छ र यसको सङ्क्रमणकालीन सरकारले कानूनको शासनसँगै सबै सिरियालीहरूको अधिकारको रक्षा गरिने कुरामा जोड दिएको छ ।

नयाँ प्रशासनले ‘सबै सरकारी संस्था, संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई सम्मान गर्ने’ वाचा गरेको र रासायनिक हतियारको कुनै पनि प्रमाण ओपिसिडब्लु निगरानी संस्थालाई रिपोर्ट गर्ने वाचा गरेको गुलरले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com