अमेरिकाको उत्तरपूर्वमा रहस्यमय ड्रोनहरू देखिए


प्रकाशित मिति : मंसिर ३०, २०८१ आईतबार

Drones

अमेरिकी राष्ट्रिय सुरक्षाका अधिकारीहरूले उत्तरपूर्वमा देखिएका रहस्यमय ड्रोनहरूको अनुसन्धान भइरहेको बताएका छन ।

वरिष्ठ अधिकारीहरूले ड्रोनहरू कहाँबाट आएका हुन भन्ने बारेमा खासै जानकारी नभएको बताएका छन । उनीहरुका अनुसार यो घटनाको अनुसन्धान अझै जारी छ ।

यी रहस्यमय ड्रोनहरू पहिलो पटक नोभेम्बर मध्यतिर उत्तरी न्यू जर्सीमा देखिएका थिए । पछिल्लो केही हप्तामा हजारौँ स्थानीय बासिन्दाले ती ड्रोनहरू देखेका छन्।

एफबीआईका एक अधिकारीले भने अनुसार, नोभेम्बरदेखि हालसम्म ५ हजार सुझावहरू प्राप्त भएका छन् । तर तीमध्ये १०० भन्दा कमले मात्र थप अनुसन्धानको आवश्यकता देखाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफबीआईका अधिकारीले यी ड्रोन गतिविधिहरूको स्रोत पत्ता लगाउन हरसम्भव प्रयास गरिरहेको बताएका छन ।

डीओडीका एक प्रतिनिधिले भने ड्रोनहरू कुनै विदेशी शक्ति वा दुर्भावनापूर्ण उद्देश्यसँग सम्बन्धित रहेको प्रमाण फेला परेको छैन । तर, हामीलाई यसको अपरेटर वा स्रोतबारे थाहा पाउन आवश्यक छ तर अहिलेसम्म सकेका छैनौ उनले भनेका छन ।

पेन्टागनका अधिकारीले घरेलु क्षेत्रमा गुप्तचर, निगरानी र अनुसन्धानका लागि हामीलाई सीमितता छ, जुन जायज हो ।

एनएससीका एक अधिकारीले पनि ड्रोनहरूमा कुनै विदेशी प्रतिद्वन्द्वीहरूको संलग्नता वा जनताको सुरक्षालाई खतरामा पार्ने प्रमाण फेला नपरेको बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com