ज्याक्सनहाइटमा गहना पसल लुट्नेबाटै ब्रुकलिनमा गहना पसल लुटपाट प्रयास, लुटेरा अझै फरार


प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको गहना पसलमा लुटपाट गर्ने संदीग्ध लुटेराहरुले नै ब्रुकलिनमा गहना पसल लुटपाट प्रयास गरेका छन् । डिसेम्बर ६ मा क्वीन्सको ज्याक्सनहाइटमा रहेको गहना पसलबाट झण्डै ८ लाख डलरको गहना लुट्ने समुहले नै त्यसको २ दिनपछि ब्रुकलिनमा गहना पसल लुटपाट प्रयास गरेको हो ।

उनीहरुले दिउँसो साढे १ बजेतिर ब्रुकलिनमा रहेको पिरामिड्स ज्वेलरी २ मा हथौडाले झ्यालहरू तोड्ने प्रयास गरेपनि असफल भएका थिए । त्यसपछि तीनै जना पेन्सिलभेनियाको नम्बर प्लेट भएको गाडीमा भागेका थिए । बुधबार रातिसम्म कोही पक्राउ परेका छैनन् भने अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

यही समुहले डिसेम्बर ६ शुक्रबार साँझ  ७४ स्ट्रीट ज्याक्सनहाइटमा रहेको एबीड ज्वेलर्समा लुटपाट गरेका थिए । प्रहरीका अनुशार घटना बेलुका ६ बजेर २० मिनेटतिर भएको थियो । अगाडिको झ्यालको सिसा तोडेर तीन जना अपरिचित व्यक्तिले जबरजस्ती पसलमा प्रवेश गरेका र उनीहरुले लगभग ८ लाख डलर मूल्यको गहना लुटपाट गरेको प्रहरीमा रिपोर्ट गरिएको प्रहरीले खसोखासलाई जानकारी दिएको थियो ।

ज्याक्सनहाइटमा रहेको गहना पसलमा लुटपाटाको भोलिपल्ट सफा गर्दै पसलका कामदारहरु ।

त्यसपछि ती व्यक्तिहरू सेतो एसयूभीमा ७४ स्ट्रिटको पूर्वी भागमा भागेका थिए। एसयूभी ७२ स्ट्रीट र ३५ एभिन्यूमा खाली ठाउँमा बरामद गरिएको थियो। यसैबीच प्रहरीले संदीग्धका निगरानी फुटेज जारी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ज्याक्सनहाइट र आसपासमा दक्षिण एसियालीबाट संचालित व्यवसायहरुमा लुटपाटका घटनामा बृद्धि भएको देखिएको छ । गतमार्चको अन्तिमसाता ज्याक्सनहाइटमा नेपालीभाषीको मोबाइल पसलमा लुटपाट भएको थियो ।

पसलबाट १५ हजार डलर र १०० वटा फोन लुटपाट भएको न्युयोर्क प्रहरीले खसोखासलाई जानकारी दिएको थियो । बेलुका साढे ८ बजे २ जना अज्ञात बन्दुकधारीहरु पसलभित्र पसेर लुटपाट गरेको रिपोर्ट प्राप्त भएको प्रहरीले जानकारी दिएको थियो ।

न्युयोर्कको ज्याक्सनहाइटमा यस अगाडि पनि नेपाली र नेपालीभाषीहरुका स्टोरहरुमा पटकटक लुटपाट हुने गरेको छ । यसअगाडि नै ज्याक्सनहाइटमा नै रहेको नेपालीको मोबाइल पसलमा समेत लुटपाट भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com