जनवरी ६ को दंगामा संलग्नलाई पहिलो दिनमै आममाफी दिने ट्रम्पको वाचा


प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार

Republican presidential nominee former President Donald Trump participates in a town hall with FOX News host Sean Hannity at the New Holland Arena, Wednesday, Sept. 4, 2024, in Harrisburg, Pa. (AP Photo/Evan Vucci)

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६ को दंगामा संलग्नहरुलाई आममाफी दिने वाचा गरेका छन् । चुनावमा विजयी भएपछिको पहिलो टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले आप्रवासन, स्वास्थ्य सेवा, र न्याय विभागका लागि आफ्ना योजनाहरू समेट्दै आफ्ना चुनावी वाचाहरूबारे छलफल गर्ने क्रममा आममाफी दिने बताएका हुन् ।

जनवरी ६ का घटनामा संलग्न व्यक्तिहरूको क्षमादानबारे कुरा गर्दै ट्रम्पले आफ्नो पहिलो दिनमै उनीहरूलाई क्षमा गर्ने वाचा गरेका छन् । जेलका अवस्थाहरूको आलोचना गर्दै उनले दोषी ठहरिएका व्यक्तिहरूले अरू कुनै विकल्प नभएर दोष स्वीकार गरेको तर्क गरे। ट्रम्पले यो प्रणालीलाई बुझेको र धेरै भ्रष्ट भएको बताउदै आफुले सबै कुरा हेर्ने र हरेक मुद्दालाई व्यक्तिगत रूपमा अध्ययन गर्ने बताएका छन् ।

जनवरी ६ घटनासँग सम्बन्धित १,५०० भन्दा बढी मानिसहरू पक्राउ परेका वा आरोपित भएका छन्, जसमध्ये करिब ९०० जनाले दोषी स्वीकार गरेका छन् । ट्रम्पले आफ्नो चुनावी अभियानका मुख्य विषयहरू मध्ये एकका रूपमा जनवरी ६ मा संलग्न कैदीहरूलाई मुक्त गर्ने वाचा गरेका थिए।

क्षमा दिनेबारेको वाचासँगै ट्रम्पले आफ्नो भावी प्रशासनका लागि डिपार्टमेन्ट अफ जस्टिस र एफबीआईका निर्देशकका रूपमा पाम बन्डी र काश पटेललाई रोज्ने सोचबारे पनि मिश्रित टिप्पणी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरूलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूविरुद्ध कदम चाल्न निर्देशन दिनेबारेको प्रश्नमा ट्रम्पले उनीहरू अनुभवी भएको तथा उनीहरूले गर्न चाहेको कुरा गर्न पाउने तर आफूले उनीहरूलाई निर्देशन नदिने बताए ।

काश पटेलले लामो समयदेखि मिडिया, डिपार्टमेन्ट अफ जस्टिस र डेमोक्र्याटिक नेताहरू विशेष गरी राष्ट्रपति जो बाइडेन र हिलारी क्लिन्टनविरुद्ध जाँचबुझको माग गर्दै आएका छन्। ट्रम्पले प्रत्यक्ष रूपमा उनीहरूलाई कदम चाल्न निर्देशन नदिने भए पनि उनीहरूलाई स्वतन्त्र निर्णय गर्न छुट दिने कुरा भने प्रस्ट पारेका छन् ।

यसैबीच राष्ट्रपति जो बाइडेनले ट्रम्पको धम्की र योजनाहरूलाई ध्यानमा राख्दै केही व्यक्तिहरूलाई अग्रिम रुपमा नै क्षमादान दिन सक्नेबारे सोचिरहेका छन्। यी व्यक्तिहरूमा जनवरी ६ को जाँच समितिमा संलग्न लिज चेनी र एडम शिफ्ट साथै डाक्टर एन्थोनी फाउची पनि छन्। ट्रम्पले बाइडेनको संभावित क्षमादानबारे प्रतिक्रिया दिँदै बाइडेनले चाहेमा क्षमादान दिन सक्ने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com