युनाइटेड हेल्थ केयर सीईओ गोलीकाण्ड: अभियुक्त बसबाट न्यूयोर्क छोडेपछि देशव्यापी खोजी अभियान


प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

न्यूयोर्कको मिडटाउन म्यानह्याटन होटल बाहिर युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनलाई गोली हानी हत्या गर्ने संदिग्धको खोजी अहिले चौथो दिनमा पुगेको छ। प्रहरीका अनुसार गोलीकाण्डपछि संदिग्धले १७८ औं स्ट्रीटको पोर्ट अथोरिटी बस टर्मिनलबाट बस चढेर न्यूयोर्क सिटी छोडेको पुष्टि भएको छ।

संदिग्धले चढेको बसले ६ वा ७ ठाउँमा रोकिएको थियो । अनुसन्धानकर्ताहरूले धेरै राज्यमा खोजी गरेका छन्। प्रहरीका अनुसार संदिग्ध नोभेम्बर २४ मा एटलान्टाबाट आएको बसमार्फत न्यूयोर्क सिटी पुगेका थिए। उनलाई पोर्ट अथोरिटी बस टर्मिनलमा राति ९ बजे सीसीटीभीमा देखिएको थियो।

संदिग्धले १० दिनसम्म न्यूयोर्कमा बसेर घटना योजना बनाएको अनुमान गरिएको छ। यो अपराधलाई “सुनियोजित र लक्ष्यित” भन्दै एफबीआईले राष्ट्रव्यापी खोजीमा सहयोग गरिरहेको छ। तर संदिग्धको नाम र पहिचान अझै पत्ता लाग्न सकेको छैन।

यस घटनाका कारण सेण्टिन नामक ठूला स्वास्थ्य बीमा कम्पनीले आउँदो साता न्यूयोर्कमा हुने आफ्ना लगानीकर्ताहरूको बैठकलाई भर्चुअल रूपमा गर्न निर्णय गरेको छ। सेण्टिनका सीईओ साराह एम. लण्डनले ब्रायन थम्पसनको मृत्युप्रति दुःख व्यक्त गर्दै उनको परिवार र सहकर्मीप्रति सहानुभूति जनाएकी छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले संदिग्धले बोकेको झोला सेन्ट्रल पार्कमा फेला पारेका छन्। झोलाबाट डिएनए नमुना र अन्य प्रमाण संकलन गरिएको छ। घटनास्थल नजिकैबाट फिंगरप्रिन्ट पनि फेला परेको छ, तर त्यो प्रस्ट छैन।

गोलीकाण्ड बिहान ६:४४ बजे न्यूयोर्क हिल्टन मिडटाउन होटल बाहिर भएको थियो। संदिग्धले नजिकै आएर गोली चलाएको र बन्दुक जाम भएपछि पुनः गोली हानेको प्रहरीको भनाइ छ।

गोलीका खोलमा “डिनाइ,” “डिफेन्ड,” र “डिपोज” लेखिएको फेला परेको छ। अनुसन्धानकर्ताहरूले यसलाई २०१० को बीमा सम्बन्धी पुस्तकसँग तुलना गर्दै बीमा उद्योगप्रतिको आक्रोश घटनाको सम्भावित कारण भएको हुनसक्ने बताएका छन्। संदिग्ध अझै फरार छन्, र प्रहरी तीव्र रूपमा खोजी कार्य जारी राखिरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com