जनवरी १ बाट न्युयोर्कमा कामदारको न्यूनतम ज्याला वृद्धि हुने


प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार

pexels-photo-3943748.jpeg

Photo by cottonbro studio on Pexels.com

जनवरी १ बाट न्युयोर्कमा कामदारको न्यूनतम ज्याला वृद्धि हुने भएको छ । न्युयोर्क सिटी, लङ आइल्याण्ड र वेस्टचेस्टर काउन्टीमा न्यूनतम ज्याला प्रति घण्टा १५ डलरबाट बृद्धि भएर १६ डलर ५० सेन्टस हुँदैछ । राज्यको बाँकी भागमा १५ डलर ५० सेन्टस हुनेछ ।

न्युयोर्कका सबै क्षेत्रहरूमा न्यूनतम ज्याला सन् २०२६ को जनवरी १ मा अर्को ५० सेन्टसले वृद्धि हुनेछ। पछिल्लो १० वर्षमा न्युयोर्कमा न्यूनतम ज्यालामा उल्लेख्य वृद्धि भएको छ। झण्डै एक दशक पहिले यो प्रति घण्टा ७ डलर २५ सेन्टस थियो।

कार्यकारी र प्रशासनिक छुटहरूको लागि योग्य हुनको लागि न्यूनतम साप्ताहिक तलबमा वृद्धि भएर सन् २०२५ को जनवरी १ बाट डाउनस्टेट न्युयोर्कमा १२ सय ३७ डलर ५० सेन्टस र अपस्टेट न्युयोर्कमा ११६१ डलर ६५ सेन्टस हुनेछ । सन् २०२६ को जनवरी १ बाट डाउनस्टेट न्युयोर्कमा १२ सय ७५ डलर ५० सेन्टस र अपस्टेट न्युयोर्कमा ११९९ डलर १० सेन्टस हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यावसायिक छूटको लागि योग्य हुन न्युयोर्क कानुन अन्तर्गत कुनै न्यूनतम साप्ताहिक तलब छैन। यद्यपि शिक्षकहरू, डाक्टरहरू र वकिलहरू लगायतका केही अपवादहरूका लागि रोजगारदाताहरूले अझै पनि कर्मचारीहरूलाई व्यावसायिक छूट अन्तर्गत छुटको रूपमा वर्गीकृत गर्न संघीय न्यूनतम साप्ताहिक तलबको पालना गर्नुपर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com