क्यालिफोर्नियाको क्रिश्चियन विद्यालयमा गोली चल्दा केजीमा अध्ययनरत २ बालक गम्भिर घाइते


प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार

a group of people standing next to a yellow police line

क्यालिफोर्नियाको उत्तरी सकरामेन्टोमा रहेको फेदर रिभर एड्भेन्टिस्ट स्कूलमा बुधबार भएको गोलीकाण्डमा दुई बालक गम्भीर घाइते भएका छन्। उक्त विद्यालयमा भएको घटनामा पाँच र छ वर्षका दुई बालकलाई गोली लागेको थियो।

बुट काउन्टीका शेरिफ कोरी होनेका अनुसार घाइते बालबालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटना पछि घटनास्थलमै शंकास्पद आक्रमणकारीको शव भेटिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उक्त व्यक्तिले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

विद्यालयसँग सम्बन्धित कुनै धार्मिक कारणले आक्रमणकारीले यो आक्रमण गरेको हुनसक्ने प्रारम्भिक तथ्य भेटिएको शेरिफ होनेले बताएका छन्। उक्त व्यक्तिले विद्यालयमा एक बालकलाई भर्ना गराउन भनेर त्यहाँको प्रशासकसँग भेट गरेका थिए।

छैठौं कक्षामा अध्ययनरत विद्यार्थी जोसलिन ओरलान्डोले घटनाको विवरण दिँदै भनिन्, “मैले झ्यालबाट हतियारसहितको छायाँ देखेँ र चाँडो भाग्न सबैलाई भने।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जोसलिनका बुबाले आफ्नो छोराछोरी निजी विद्यालयमा पठाउँदा सुरक्षित हुने विश्वास गरेको बताए। “तर यस्तो घटना भएपछि अब यस्तो ठाउँ पनि सुरक्षित छैन भन्ने महसुस भएको छ,” उनले भने।

फेदर रिभर एड्भेन्टिस्ट स्कूलमा किन्दरगार्टेनदेखि आठौं कक्षासम्मको अध्ययन हुन्छ। विद्यालयमा करिब ३५ विद्यार्थी छन्। घटनापछि बुट काउन्टीका अधिकारीहरूले उक्त चर्चसँग सम्बन्धित अन्य विद्यालयहरूलाई सतर्क रहन आग्रह गरेका छन्।

उत्तरी क्यालिफोर्नियाको सेभेन्थ-डे एड्भेन्टिस्ट सम्मेलनका सञ्चार निर्देशकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले पीडित बालबालिका र तिनका परिवारप्रति प्रार्थना गर्न आग्रह गरेका छन्।

शंकास्पद व्यक्तिको मनोवृत्ति र उद्देश्य बुझ्न थप अनुसन्धान भइरहेको छ ।  घटनापछि विद्यालयका अन्य विद्यार्थीलाई नजिकैको चर्चमा अभिभावकहरूसँग पुनर्मिलन गराइएको थियो। “घटना केवल घाइते बालबालिकाका लागि मात्र नभएर सबै बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्नेछ,” बुट काउन्टीका डिस्ट्रिक्ट एटोर्नी माइक राम्सेले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com