युनाइटेड हेल्थ केयरका सीईओ थोम्पसनको न्यूयोर्कमा गोली हानी हत्या


प्रकाशित मिति : मंसिर १९, २०८१ बुधबार

अमेरिकाको न्यूयोर्कमा रहेको युनाइटेड हेल्थ केयरका सीईओ ब्रायन थोम्पसनको बुधबार बिहान म्यानहट्टनको मिडटाउनमा गोली हानी हत्या गरिएको छ ।

उनी कम्पनीको वार्षिक लगानीकर्ता सम्मेलनमा सहभागी हुन होटलतर्फ जाँदै गर्दा सुनियोजित हमला भएको न्यूयोर्क प्रहरीले जनाएको छ ।

गोली हान्ने व्यक्ति अहिले फरार छन् । तर प्रहरीका अनुसार भाग्ने क्रममा उनले केही महत्त्वपूर्ण सुराकहरू छाडेका हुन सक्छन् ।

घटनाको विवरण

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनवाईपीडीका कमिश्नर जेसिका टिस्चका अनुसार बिहान ७ बजेभन्दा केहीअघि चिसो तापक्रमका कारण मास्क लगाएका आक्रमणकारीले हिल्टन मिडटाउन होटलबाहिर थुप्रै समय पर्खेर हमला गरेका थिए । आक्रमणकारीले आफ्नो लक्ष्य स्पष्ट रूपमा पहिल्यै छनोट गरेको जस्तो देखिएके छ ।

प्रहरीका अनुसार आक्रमणकारीले थोम्पसनलाई पछाडिबाट कम्तिमा एक पटक ढाडमा र एक पटक दाहिने खुट्टामा गोली प्रहार गरेका थिए । गम्भीर अवस्थामा रहेका थोम्पसनलाई तत्काल माउन्ट साइनाई वेस्ट अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषणा गरियो ।

आक्रमणको सम्भावित कारण अज्ञात

प्रहरीले आक्रमणको कारणबारे हालसम्म केही खुलाएको छैन । तर सीएनएनका अनुसार युनाइटेड हेल्थ ग्रुपका उच्च पदस्थ कर्मचारीहरूमाथि केही समयदेखि धम्की आइरहेको थियो । ती धम्कीमा थोम्पसनको नाम भने स्पष्ट रूपमा उल्लेख गरिएको थिएन । थोम्पसनकी पत्नी पौलेटले केही धम्कीबारे जानकारी थियो भनेकी छन ।
तर म विस्तृत रूपमा थाहा नभएको उनले बताइन ।

आक्रमणको भिडियो

प्रहरीले प्राप्त गरेको निगरानी भिडियोका आधारमा आक्रमणकारी सडकपारि गाडीको पछाडि लुकेर बसेका थिए । उनले फुटपाथमा अन्य व्यक्तिहरूलाई बेवास्ता गर्दै थोम्पसनलाई पछाडिबाट गोली हानेका थिए । बन्दुक बारम्बार जाम भए पनि आक्रमणकारीले त्यसलाई तुरुन्तै ठीक गर्दै गोली चलाउन जारी राखेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com