छोरा हन्टरलाई माफी दिएको राष्ट्रपति बाइडेनद्धारा घोषणा


प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई औपचारिक रूपमा माफी दिनुभएको छ ।

हन्टर बाइडेनलाई दुई आपराधिक मुद्धामा सजाय सुनाउने तयारी भइरहेको बेला राष्ट्रपति बाइडेनले यो निर्णय गर्नुभएको हो । यसअघि उहाँले छोरा हन्टरलाई माफी नदिने बताउनु भएको थियो ।

राष्ट्रपति बाइडेनले आफ्नो छोरालाई विशेष रूपमा लक्षित गरिएको र यस घटनालाई न्यायको ठुलो त्रुटि भन्नुभएको छ ।

हन्टर बाइडेन सेप्टेम्बर महिनामा करसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए । जुन महिनामा लागू औषधको लतको क्रममा हतियार राखेको अभियोगमा पनि दोषी पाइएका थिए । हन्टर वर्तमान राष्ट्रपति पदमा बसेका व्यक्तिको अपराधमा दोषी ठहरिने पहिलो सन्तान बनेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले माफीलाई न्यायको दुरुपयोग भन्दै टिप्पणी गर्नुभएको छ । यो माफीलाई डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि पनि उल्टाउन सक्नुहुने छैन ।

राष्ट्रपति बाइडेनले भन्नुभएको छ म न्याय प्रणालीमा विश्वास गर्छु, तर राजनीतिले यस प्रक्रियालाई असर पारेको छ र यसले न्यायको त्रुटि निम्त्याएको छ ।

हन्टर बाइडेन पाँच वर्ष छ महिनादेखि लतबाट मुक्त रहेको राष्ट्रपति बाइडेनले बताउनु भएको छ । यसअघि पनि २००१ मा बिल क्लिन्टनले आफ्ना सौतेनी भाइ रोजर क्लिन्टनलाई सन् १९८५ को कोकिनसँग सम्बन्धित अपराधका लागि माफी दिनुभएको थियो ।

२०२० मा डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँ इभाङ्का ट्रम्पका बुबा चाल्र्स कुशनरलाई माफी दिनुभएको थियो । ट्रम्पले कुशनरलाई फ्रान्सका लागि नयाँ राजदूतको रूपमा नियुक्त गर्ने घोषणा गर्नुभएको छ ।

हन्टर बाइडेनले सेप्टेम्बरमा संघीय कर छलसम्बन्धी नौ अभियोगमा दोष स्वीकारेका थिए । जसका लागि उनलाई १७ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो ।

त्यसैगरी, जुन महिनामा हतियार खरिदसँग सम्बन्धित तीन गम्भीर अपराधमा दोषी ठहरिएका थिए । जसका लागि उनलाई २५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो । यी मुद्दाहरूमा १२ र १६ डिसेम्बरमा सजाय तोकिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com