८३ बिलियन अमेरिकी डलर बराबरको विश्वकै ठूलो सुनखानी चीनमा भेटिएको दावी


प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार

चीनमा १ हजार मेट्रिक टन उच्च गुणस्तरको सुनको अंश भएको खानी फेला परेको त्यहाँका सरकारी संचारमाध्यमहरुले जनाएका छन् । जसको मूल्य झण्डै ८३ बिलियन अमेरिकी डलर अनुमान गरिएको छ। यो सुन भण्डारलाई अहिलेसम्मकै सबैभन्दा ठूलो र बहुमूल्य मानिएको छ। यो खानीले दक्षिण अफ्रिकाको साउथ डीप माइनमा रहेको ९०० मेट्रिक टन सुनको भण्डारलाई पनि उछिन्ने सम्भावना छ।

हुनान प्रान्तको भूगर्भ विभागले पिङजियाङ जिल्लामा २ किलोमिटर गहिराइसम्म सुनका ४० भेग पत्ता लागेको जनाएको छ। यिनमा मात्रै ३०० मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ भने थ्रीडी मोडेलिङले यो भण्डार ३ किलोमिटर गहिराइसम्म फैलिएको हुन सक्ने देखाएको छ।


मध्य अलास्काको कुस्कोकविम पर्वतबाट निकालिएको ठूलो सुनको डल्ला

भूगर्भविद् चेन् रूलिनका अनुसार धेरै ड्रिल गरिएका ढुंगामा प्रत्यक्ष सुन देखिएको छ। अध्ययनले १ मेट्रिक टन अंशमा १३८ ग्राम सुन रहेको देखाएको छ, जुन सामान्यतया ८ ग्राम प्रतिटनभन्दा बढी भए उच्च गुणस्तर मानिन्छ।

२०२४ को सुरुमा चीनसँग २,००० टनभन्दा बढी सुनको भण्डार रहेको अनुमान गरिएको थियो। जुन विश्वभरको झण्डै १० प्रतिशत हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्ष अन्य सुन सम्बन्धी महत्त्वपूर्ण खोजहरू पनि भएका छन्। मार्चमा इंग्ल्यान्डका एक खोजकर्ताले देशकै सबैभन्दा ठूलो सुनको डल्लो फेला पारेका थिए। दुई महिना अगाडि अस्ट्रेलियाका वैज्ञानिकहरूले सुन बन्ने प्रक्रियामा भूकम्पको भूमिका हुने देखाएका थिए।

साथै वैज्ञानिकहरूले नयाँ प्रकारको दुई आयामीय गोल्डेन नामक सुनको परतसम्बन्धी अध्ययन गरेका छन्, जसले सुनको नयाँ गुण पत्ता लगाउने सम्भावना देखाएको छ।मानव सभ्यताका लागि सुन सधैं बहुमूल्य रहँदै आएको छ, तर यसप्रति नयाँ तथ्यहरू खुल्दै जानु रोचक छ।

कभर फोटोमा अष्ट्रेलियाको सुनको डल्लो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com