चिनियाँ सामानहरूमा अतिरिक्त १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार

Republican presidential nominee former President Donald Trump speaks during a campaign rally at Thomas & Mack Center, Thursday, Oct. 24, 2024, in Las Vegas. (AP Photo/Alex Brandon)

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमा अतिरिक्त १० प्रतिशत कर लगाउने योजना अघि सार्नु भएको छ । यो घोषणासँगै उहाँले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्नुभएको हो ।

जनवरी २० मा उहाँले गर्ने पहिलो कार्यकारी आदेशहरूले मेक्सिको र क्यानडाबाट आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाउनेछ । यस्तो कदमले क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौतामा अन्त्य ल्याउनेछ ।

ट्रम्प जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपति बन्ने तयारीमा रहनु भएको छ । उहाँले अवैध आप्रवासन र गैरकानूनी लागुऔषध व्यापारलाई ती करको मुख्य कारण बताउँदै भन्नुभएको छ ।

मैले चीनसँग धेरै पटक कुरा गरेको छु, विशेष गरी फेन्टानिल जस्ता ठूलो मात्रामा लागुऔषधहरू अमेरिकामा पठाउने विषयमा तर कुनै नतिजा आएन ट्रम्पले भन्नुभयो । उहाँले चीनले वाचा गरेजस्तो लागुऔषध बेच्नेहरूलाई मृत्युदण्ड दिने काम गरेको छैन भन्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेन्टानिल एउटा सिंथेटिक ओपिओइड हो । जसले अमेरिकामा हरेक वर्ष हजारौं ओभरडोजका कारण मृत्यु निम्त्याएको छ । यो लागुऔषधको अवैध आपूर्तिलाई कम गर्नु आबश्यक छ । यसका मुख्य सामग्रीहरू चीन र मेक्सिकोमा उत्पादित हुन्छन् ।

लागुऔषधहरू मेक्सिको हुँदै अमेरिका भित्रिरहेको भन्दै उहाँले जबसम्म यसलाई रोकिन्न, त्यसबेला सम्म चीनबाट आउने सबै सामानहरूमा कुनै पनि अन्य करहरूका साथै अतिरिक्त १० प्रतिशत कर लगाउने ट्रम्पले स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पदको चुनाव प्रचारका क्रममा ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशत करको धम्की दिनुभएको थियो । १० प्रतिशत कर भने बजारहरूले अपेक्षा गरेको २० देखि ३० प्रतिशत को तुलनामा कम हो ।

सेप्टेम्बरको अमेरिकी तथ्यांकअनुसार मेक्सिको अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यसपछि क्यानडा र चीन छन् । चीनको भन्सार तथ्यांकअनुसार अमेरिका एकल देशको आधारमा चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।

एसियाली देशका सबैभन्दा ठूला क्षेत्रीय व्यापार साझेदारहरू दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (ASEAN) र युरोपेली संघ हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com