विशेष अभियोजक ज्याक स्मिथद्वारा ट्रम्पविरुद्धका दुबै संघीय मुद्दा फिर्ता लिने निर्णय


प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार

Republican presidential candidate former President Donald Trump smiles during a campaign event at 180 Church, Saturday, June 15, 2024, in Detroit. (AP Photo/Carlos Osorio)

विशेष अभियोजक ज्याक स्मिथले नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको चुनावी अनियमितता र गोप्य कागजातहरूको दुरुपयोग सम्बन्धी संघीय मुद्दा फिर्ता लिने निर्णय गरेका छन्। उनले सोमबार अदालतमा मुद्दा खारेज गर्न माग गर्दै निवेदन दिएका छन्।

ट्रम्पले आफू फेरि पदमा फर्किएपछि स्मिथलाई हटाउने घोषणा गरेका थिए, जसले विशेष अभियोजकको छानबिनसम्बन्धी पुराना मान्यताहरूलाई तोडेको छ। संविधानले यो मुद्दा प्रतिवादीको पदभार अघि खारेज गर्नुपर्ने माग गर्ने डिपार्टमेन्ट अफ जस्टिसको धारणा रहेको स्मिथले चुनावी अनियमितता मुद्दासम्बन्धी छ पृष्ठ लामो निवेदनमा वाशिंगटन डीसीस्थित अमेरिकी जिल्ला न्यायाधीश तान्या चुटकनलाई लेखेका छन्। यो नतिजा प्रतिवादीविरुद्धको मुद्दाको योग्यता वा बलको आधारमा आधारित नभएको उनले बताएका छन् ।

स्मिथले पछिल्ला दुई वर्षमा २०२० को राष्ट्रपतीय चुनावलाई उल्टाउने र गोप्य कागजातको दुरुपयोग गर्ने ट्रम्पका प्रयासहरूलाई लिएर गरेको आपराधिक कारबाही अमेरिकी इतिहासमा अनौठो अध्याय हो। यसअघि कहिल्यै पूर्व राष्ट्रपतिले संघीय आपराधिक मुद्दा सामना गरेका थिएनन्।

चुनावी अनियमितताको मुद्दाले ऐतिहासिक सर्वोच्च अदालतको फैसलासम्मको यात्रा तय गरेको थियो । सर्वोच्चले ट्रम्पलाई राष्ट्रपतिको आपराधिक अभियोजनबाट केही हदसम्म उन्मुक्ति थियो। तर ट्रम्पले मुद्दालाई ढिलाइ गर्ने रणनीति अपनाएपछि नोभेम्बरको चुनावअघि सुनुवाइ सुरु हुन सकेको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वाशिंगटन डीसीमा रहेको चुनावी मुद्दामा ट्रम्पलाई २०२० को चुनावी हार उल्टाउन गरिएको प्रयासमा अभियोग लगाइएको थियो, जसले जनवरी ६, २०२१ को क्यापिटल हिल आक्रमणसम्मको घटना श्रृंखला उत्पन्न गर्‍यो। प्रतिवादीविरुद्धको अभियोजनको विषयमा सरकारको धारणा परिवर्तन नभएको स्मिथले निवेदनमा लेखेका छन्।

चुटकनले पछिल्लो महिना अभियोजन पक्षको तर्कहरूको आधारमा ट्रम्पको कति क्रियाकलाप प्रतिरक्षा अन्तर्गत पर्ने निर्णय गर्दै थिइन्। तर ट्रम्पले यस महिना पुनः चुनाव जितेपछि अभियोजन पक्षले मुद्दाका विभिन्न समय सीमा स्थगन गर्न अनुरोध गरेका थिए ।

फ्लोरिडामा दर्ता गरिएको गोप्य कागजातसम्बन्धी मुद्दामा ट्रम्पलाई राष्ट्रपतिबाट हटेपछि राष्ट्रिय रक्षा सम्बन्धी गोप्य कागजातहरू लिएर गएको र ती कागजातहरू फिर्ता गर्न सरकारको प्रयासलाई अवरोध गरेको आरोप लगाइएको थियो। ट्रम्पले दुवै मुद्दामा दोषी नभएको बयान दिएका छन्।

ट्रम्पका प्रवक्ता स्टेभन चेङले यस कदमलाई कानूनी शासनको ठूलो विजय भनेका छन्। अमेरिकी जनता र राष्ट्रपति ट्रम्पले हाम्रो न्याय प्रणालीको राजनीतिक दुरुपयोगको तत्काल अन्त्य चाहने र आफूहरु देशलाई एकजुट बनाउन उत्सुक रहेको चेङले बताएका छन् ।

स्मिथले संघीय अपील अदालतमा दर्ता गरेको निवेदनमा गोप्य कागजातहरूको दुरुपयोग मुद्दालाई ट्रम्पका दुई कर्मचारीहरूमाथि जिवित राखिएको उल्लेख गरेका छन्।
११ औं सर्किटको अदालतले न्यायाधीश आयलीन क्याननको आदेशमा सबै आरोप खारेज गर्ने निर्णयको समीक्षा गर्दैछ। प्रतिवादी वल्ट नौटा र कार्लोस डे ओलिभेइरालाई संघीय अनुसन्धानमा अवरोध पुर्‍याएको आरोप छ।

स्मिथले ट्रम्पविरुद्धका मुद्दाहरूलाई विना पूर्वाग्रह खारेज गर्ने प्रस्ताव गरेका छन्, जसले भविष्यमा मुद्दाहरू पुनः दर्ता गर्ने सम्भावना भने खुला राख्छ। स्मिथका अनुशार उनले यस प्रश्नमा डिपार्टमेन्ट अफ जस्टिसका वकिलहरूसँग परामर्श गरेका थिए । उनीहरूले ट्रम्पले राष्ट्रपतिको उन्मुक्ति नपाउँदासम्म मुद्दालाई रोक्ने सम्भावनालाई पनि विचार गरेका थिए ।

राष्ट्रपतिको रूपमा ट्रम्पसँग जर्जिया र न्यूयोर्कमा राज्य अधिकारीहरूद्वारा उनीविरुद्ध ल्याइएका अभियोजनहरूमा हस्तक्षेप गर्ने शक्ति भने हुनेछैन। तथापि ती मुद्दाहरूमा अदालतहरूले अझै पनि उन्मुक्तिका प्रश्नहरू र उनको ह्वाइट हाउसमा फर्कने कारण उठेका मुद्दाहरू समाधान गर्नुपर्नेछ।

गत हप्ता न्यूयोर्कमा ट्रम्पको आपराधिक मुद्दाको निरीक्षण गर्ने न्यायाधीशले उनको सजाय अनिश्चित कालका लागि स्थगित गरेका थिए । राज्यको जुरीले यस वर्ष अगाडि ट्रम्पलाई गलत व्यवसायिक रेकर्डहरू राखेको ३४ आरोपमा दोषी ठहर गरेको थियो जुन २०१६ को अभियानको समयमा पोर्न स्टार स्टर्मी ड्यानियल्सलाई गरिएको रकम भुक्तानी लुकाउन गरिएको थियो ।

स्टर्मी ड्यानियल्सले ट्रम्पसँग पूर्व सम्बन्धको आरोप लगाएकी थिइन्। तर ट्रम्पले सम्बन्धको आरोप अस्वीकार गर्दै आएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com