शवका अवशेषहरूबाट अमेरिकाको पेन्सिलभेनियामा बेपत्ता किशोरीको ५० वर्षपछि पहिचान पुष्टी


प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार

अमेरिकाको पेन्सिलभेनियामा ५० वर्षअघि बेपत्ता किशोरीका अवशेषहरूको पहिचान पुष्टी भएको छ । पेन्सिल्भेनियाको योर्कमा १९७३ मा हराएकी किशोरीको अवशेष वंशावली अनुसन्धान र डीएनए विश्लेषण मार्फत पहिचान गरिएको अधिकारीहरुले बताएका छन् ।

पेन्सिल्भेनिया राज्य प्रहरीका अनुसार दुई खेल वार्डनले अक्टोबर १०, १९७३ मा युनियन टाउनशिपको एउटा जंगलमा प्लाष्टिकको टार्ट र ब्रसमुनि कुहिएको अवशेष फेला पारेका थिए । त्यतिबेला अन्वेषकहरूले तिनीहरूलाई पहिचान गर्न सकेनन् । तर लामो खैरो वा गोरो कपाल भएको सेतो महिलाको रूपमा वर्णन गरेका थिए । उनको मृत्युको तरिका निश्चित गर्न सकिएको थिएन ।

आधा शताब्दी पछि अन्वेषकहरूले डीएनए विश्लेषण र जीवित आफन्तहरूसँग अन्तर्वार्ता प्रयोग गरेर योर्ककी १४ वर्षीया रूथ एलिजाबेथ ब्रेनम्यानको अवशेषहरू पत्ता लगाएका हुन् । उनी सन् १९७३ को स्कूल वर्षको सुरुदेखि बेपत्ता थिइन् ।

विगत ५१ वर्षदेखि अलमलिएका प्रश्नहरूमा केही जवाफ प्रदान भएको रुथको परिवारले बिहीबार बताएका थिए । यो मुद्दा सन् २०१६ सम्म निस्कृय जस्तै थियो । पुलिसले उनको डीएनए प्राप्त गर्न लेबनान, पेन्सिलभियानाको एउटा चिहानको दुर्गम कुनाबाट अवशेष निकालेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

रूथलाई चिन्न वर्षौंको असफल प्रयास पछि त्यसो गरिएको थियो । साथै केटी कस्तो देखिन सक्छिन् भनेर दुईवटा मूर्तिहरू विकास गरिएको थियो।

अवशेषहरूलाई क्षेत्रीय अस्पतालमा लगेर जाँच गरिएको थियो । तर वर्षौंसम्म पनि वंशावली पत्ता लगाउन सकिएको थिएन । अनुसन्धानकर्ताहरूले गत महिना रूथको अवशेषको रूपमा पहिचान गरेको प्रहरीले बताएको छ ।

रुथ नोभेम्बर २६, १९५८ मा जन्मेकी थिइन् । उनी स्कूल जान घरबाट निस्केपछि कहिल्यै घर फर्किनन्। केही महिना पछि उनको अवशेष उनको गृहनगरबाट ५० माईल उत्तरमा फेला परेको थियो । रूथलाई मृत घोषणा गर्ने कुनै रेकर्ड थिएन । प्रहरीका अनुसार उनी हराएको रिपोर्ट गरिएको थियो कि थिएन भन्ने पनि स्पष्ट छैन।

वंशावली अनुसन्धान प्रक्रियाको एक भागको रूपमा अन्वेषकहरूले परिवारका सदस्यहरूसँग अन्तर्वार्ता लिएका थिए । साथै पुराना समाचार लेखहरू र अदालतका कागजातहरू हेरेका थिए।

आनुवंशिक वंशावलीमार्फत अनुसन्धानकर्ताहरुलाई दशकौं अघि भेटिएका अज्ञात व्यक्तिहरूको अवशेषहरू पहिचान गर्न मद्दत गरिरहेको छ । त्यस समयमा वंशावली प्रायः प्रारम्भिक चरणमा थियो । तर यो प्रविधिको विकाशले अनुसन्धानमा सहज बनाएको छ ।

किशोरीको मृत्यु कसरी भयो भन्ने अझै खुल्न सकेको छैन । पेन्सिलभेनिया राज्य प्रहरीले रुथको मृत्युको अनुसन्धान जारी राखेको छ । यो हत्या हो कि होइन भन्ने कुरा अझै पनि निर्धारण गरेको छैन । यस केसको बारेमा जानकारी दिनेलाई ५ हजार डलर पुरस्कारको प्रस्ताव गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com