ट्रम्पविरुद्धको मुद्दाको सजाय तोक्ने सुनुवाई अनिश्चितकालका लागि स्थगित
प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार
TOPSHOT – Former US President and Republican presidential candidate Donald Trump gestures as he arrives back at Trump Tower after being convicted in his criminal trial in New York City, on May 30, 2024. A panel of 12 New Yorkers were unanimous in their determination that Donald Trump is guilty as charged — but for the impact on his election prospects, the jury is still out. The Republican billionaire was convicted of all 34 charges in New York on May 30, 2024, and now finds himself bidding for a second presidential term unsure if he’ll be spending 2025 in the Oval Office, on probation or in jail. (Photo by TIMOTHY A. CLARY / AFP)
३४ वटा अभियोगमा दोषी ठहर ट्रम्पविरुद्धको मुद्दाको सजाय तोक्ने सुनुवाई अनिश्चितकालका लागि स्थगित भएको छ । ट्रम्पविरुद्ध न्युयोर्कको अदालतमा झुठो व्यापार अभिलेख राखेको मुद्दामा दोषी ठहर गरेपछि सजाय तोक्ने सुनुवाई यही महिनाका लागि तय गरिएको थियो । उनलाई पोर्नस्टार स्टोर्मी डानियललाई चुप लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा चलिरहेको मुद्दामा ट्रम्पलाई दोषी ठहर गरिएको थियो । अब यो मुद्दाको सजाय अनिश्चितकालका लागि स्थगित भएको म्यानहटनका एक न्यायाधीशले शुक्रबार फैसला सुनाएका छन् ।
एक पृष्ठको अदालतको फ्रैसलामा न्यायाधीश जुआन मर्चनले नोभेम्बर २६ का लागि तय भएको सजाय तोक्ने सुनुवाई अनिश्चितकालका लागि स्थगित गर्नका लागि गरिएको अनुरोध स्वीकार गरिएको उल्लेख गरेका छन् । ट्रम्पका वकिलहरूले मुद्दा खारेज गर्न काम जारी राखेका छन् । यस हप्ताको सुरुमा डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागले मर्चनलाई एउटा पत्रमा ट्रम्पलाई आगामी राष्ट्रपतिको कार्यकाल समाप्त नभएसम्म वा अन्त्य नभएसम्म सजाय सुनाइने सम्भावना नभएको लेखेका थिए । ब्रागले मर्चनलाई ट्रम्पको अभियोग खारेज नगर्न पनि भनेका छन् ।
म्यानह्याटन जिल्ला अधिवक्ताले राष्ट्रपतिको प्रतिरक्षा सिद्धान्त र सर्वोच्चताबादी धारालाई उल्लङ्घन गर्दै ट्रम्पको पहिलो कार्यकालका आधिकारिक कार्यहरू सन् २०१७ र २०१८ मा प्रयोग गरी ट्रम्पलाई यो अभूतपूर्व र आधारहीन मुद्दामा अनुचित रूपमा दोष लगाएको जुलाईमा ट्रम्पका वकिलहरूले लेखेका थिए। म्यानह्याटन जिल्ला अधिवक्ता अल्विन ब्र्यागको कार्यालयले ट्रम्पलाई दोषी ठहर गरेको फैसला कायम रहनुपर्ने र सुनुवाइमा प्रस्तुत प्रमाण जबरजस्त रहेको बताएको छ।
अभियोजकहरूले सर्वोच्च अदालतको प्रमाण सम्बन्धी निर्णय यस मुद्दामा लागू हुन नहुने बताएका छन् । ट्रम्प दोषी ठहर भएका मुद्दाहरु सन् २०१६ को चुनावमा हस्तक्षेप गर्नेबारे सम्बन्धित भएको र राष्ट्रपति भएका बखत गरेको आधिकारिक कार्य नभएको अभियोजकहरुले तर्क गरेका छन्। अभियोजकहरूले ट्रम्पका वकिलहरूले अहिले उठाएका प्रश्नहरूमध्ये अधिकांश प्रमाणको सम्बन्धमा सुनुवाइको समयमा विरोध नगरेकाले अब मुद्दा पछि प्रश्न गर्न नसक्ने तर्क गरेका छन्।
ट्रम्पलाई २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्न अवैध षड्यन्त्रमा भाग लिएको र नकारात्मक जानकारी दबाउनको लागि गैरकानूनी योजनामा भाग लिएको आरोप लगाइएको थियो, जसमा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लगाउन रकम भुक्तान गरेको विषय लुकाइएको थियो। ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको थियो । ट्रम्पले पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको सम्बन्धमा फर्जी व्यापार रेकर्डका सन्दर्भमा ३४ वटा अभियोगको सामना गरेका थिए ।
ट्रम्पको कम्पनी र ट्रम्प संगठनले पोर्नस्टार स्टोर्मी डेनियललाई भुक्तानीको लागि कोहेनलाई रकम दिएको तथा त्यसका लागि कोहेनलाई बोनस र अतिरिक्त भुक्तानी दिएको अभियोग लगाइएको थियो । ती लेनदेनहरू कानूनी खर्चको रूपमा कम्पनीको रेकर्डमा गलत रूपमा राखिएको अभियोजकहरुले अभियोग लगाएका थिए ।






