मुद्धा हारेपछि डिआइजी नवराज सिलवालबाट राजिनामा


प्रकाशित मिति : भाद्र २८, २०७४ बुधबार

काठमाडौं, २८ भदौं । सरकारले प्रकास अर्याललाई प्रमुख बनाएपछि सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत पुगेका पडआइजी नवराज शिलवालले राजिनामा दिएका छन् ।
आईजीपी प्रकरणमा मुद्दा हारे लगतै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले राजीनामा दिएका छन् ।

आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग गर्दै सिलवालले सर्वोच्चमा मुद्धा हालेका थिए । तर, प्रकाश अर्याललाई महानिरीक्षक बनाउने सरकारको निर्णय सदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मंगलबार सिलवालको रिट खारेज गरेपछि सिलवालले राजिनामा दिएका हुन ।

सिलवालले मंगलबार साँझै विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दै अन्यायमा पर्दा कस्तो पीडा हुँदोरहेछ भन्ने आफूले अनुभूति गरेको बताएका छन् । उनले अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने उदघोष समेत गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com