न्युयोर्क सिटीमा एकाविहानै श्रृंखलावद्ध छुरा प्रहार, २ जनाको मृत्यु, १ जना घाइते, संदीग्ध पक्राउ


प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार

सोमबार बिहान न्युयोर्कको म्यानह्याटनमा एक व्यक्तिले तीनजनालाई छुरा प्रहार गरेको प्रहरीले बताएको छ । आक्रमणकारीले छुरा प्रहारबाट दुईजनाको हत्या गरेको र तेस्रोलाई गम्भीर घाइते बनाएको जनाइएको छ।

घटनामा आक्रमणकारीले पीडितहरूलाई केही नभनी एक्कासी छुरा हानेको अधिकारीहरुले बताएका छन् । ५१ वर्षका शंकास्पद व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिइएको छ। उनलाई रक्ताम्मे लुगा र दुईवटा भान्सामा प्रयोग हुने चक्कूसहित पक्राउ गरिएको हो। शंकास्पद व्यक्ति र पीडितहरूको नाम तत्काल खुलासा गरिएको छैन। तीन जना न्युयोर्कवासमाथि भएको एकतर्फी आक्रमणले यस्तो घटना कसरी हुन सक्छ भनेर सोच्न बाध्य बनाएको मेयर एरिक एडम्सले पत्रकार सम्मेलनमा बताएका छन् ।

अनुसन्धानकर्ताहरूले यो हिंसात्मक घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्। घटनाका क्रममा कुनै कुराकानी नभएको र कुनै लुटपाट पनि नभएको न्यूयोर्क पुलिस विभागका प्रमुख जोसेफ केनीले बताएका छन् । पहिलो आक्रमण वेष्ट १९ औं स्ट्रीटमा भएको थियो । बिहान ८ बजेर ३० मिनेटमा हडसन नदीको नजिकै आफ्नो कार्यस्थलमा उभिएका ३६ वर्षीय निर्माण मजदुरको हत्या गरिएको थियो ।

लगभग दुई घण्टापछि म्यानह्याटनको अर्को छेउमा ६८ वर्षीय व्यक्ति ईष्ट रिभरमा माछा मारिरहेका बेला ईस्ट ३० औं स्ट्रीट नजिकै उनीमाथि आक्रमण गरिएको थियो । ती दुबैजनाको मृत्यु भएको छ ।

त्यसपछि शंकास्पद व्यक्ति सम्भवतः नदी किनारामा उत्तरतिर गएको र बिहान १० बजेर ५५ मिनेटमा तिर ईस्ट ४२ औं स्ट्रीटमा संयुक्त राष्ट्रसंघ मुख्यालय नजिकै ३६ वर्षीया महिलालाई धेरै पटक छुरा प्रहार गरिएको जनाइएको छ । उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।

एकजना ट्याक्सी चालकले तेस्रो आक्रमण देखेपछि ईस्ट ४६ औं स्ट्रीट र फर्स्ट एभिन्यू नजिकैको प्रहरीलाई जानकारी दिएका थिए । केही समयपछि प्रहरी अधिकारीले संदिग्धलाई पक्राउ गरेका थिए ।

सन् २०२४ मा अहिलेसम्म न्यूयोर्क सिटीमा हत्या दर दुई वर्षमा १४ प्रतिशत घटेको छ, तर गम्भीर आक्रमणहरू लगभग १२ प्रतिशतले बढेको छ । केही सार्वजनिक स्थानमा भएका हालका छुरा आक्रमणले ध्यानाकर्षण गरेका छन्, जसमध्ये केही हप्ता अघि कोने आइल्याण्ड सबवे स्टेशनमा भएको घातक आक्रमण पनि एक उदाहरण हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबारको हिंसामा संलग्न शंकास्पद व्यक्ति सम्भवतः होमलेस भएको जनाइएको छ । उनले केही महिनाअघि आपराधिक मामिलामा सजाय पाएका थिए र गत महिनामा ठूला चोरीको मुद्दामा पक्राउ परेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com