टर्कीद्वारा रुसी क्षेप्यास्त्र खरिद गर्ने सम्झौता


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

टर्कीले आफ्नो सैन्य फौजका निम्ति रुसी एस 400 भनिने विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ।

उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले बताएका छन्।

एस- 400 क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै असी वटा निशानामा एकैपटक हान्न सक्ने रुसले बताएको छ।

पश्चिमा देशहरुको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य फौज रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विरोध

वाशिंगटनले रुस तथा उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सदस्य राष्ट्र टर्की बीच भएको उक्त सम्झौताको विरोध गरेको छ।

नेटोले प्रयोग गरिरहेका प्रतिरक्षा प्रणालीमा उक्त रुसी उपकरण नमिल्ने पनि उसले बताएको छ।

इस्तानबुलस्थित बीबीसीका संवाददाता भन्छन् टर्कीको यो निर्णय राष्ट्रपति एर्दोआनले लिएको एउटा राजनीतिक कदमका रुपमा हेरिएको छ र टर्कीबाट अमेरिका र जर्मनीले हालै आफ्ना क्षेप्यास्त्र प्रतिरोधी प्रणाली फिर्ता गरेपछि टर्कीले नेटोप्रति जनाएको यो विरोध हो।

‘रुसतर्फ ढल्कँदै’

एर्दोआन र पुटिन

हालैका दिनमा अमेरिकासँग सम्बन्ध बिग्रिएपछि टर्कीले रुससँग नजिकको सम्बन्ध स्थापना गरिरहेको देखिन्छ।

टर्कीका कुर्द विद्रोहीहरुसंग सम्बन्ध रहेको ठानिएका वाइपीजी नामक सिरियन कुर्द विद्रोहीहरुलाई अमेरिकाले दिइरहेको सैन्य समर्थनको टर्कीले विरोध गर्दै आएको छ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक सैन्य सल्लाहकारले टर्कीसँगको उसको क्षेप्यास्त्रसम्बन्धी सम्झौता ‘पूर्ण रुपमा हाम्रो रणनीतिक हितमा उपयुक्त भएको’ र ‘यस्तो अवस्थामा टर्कीमाथि दबाब दिन सक्ने केही पश्चिमा राष्ट्रहरुबाट आउने प्रतिक्रियालाई बुझ्न सकिने’ उल्लेख गरेका छन्।

विगतमा सिरिया र टर्कीको सिमानामा एउटा रुसी Su-24 लडाकू विमानलाई टर्कीका विमानहरुले गोली हानी खसालेपछि रुसले सन् २०१५ को डिसेम्बरमा सिरियाको लटाकिया नजिक रहेको आफ्नो सैन्य हवाई अखडामा एस- 400 क्षेप्यास्त्र प्रणाली जडान गरेको थियो।

उक्त घटनापश्चात् रुस र टर्कीबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो तर पछि टर्कीका राष्ट्रपति एर्दोआनले रुसी राष्ट्रपतिसँग उक्त झगडा सल्टाएका थिए।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com