अमेरिकाको न्युयोर्कमा भीड व्यवस्थापन शुल्क लागू गरिदै , ट्रम्पद्धारा आलोचना


प्रकाशित मिति : कार्तिक २९, २०८१ बिहीबार

अमेरिकाको न्युयोर्कमा भीड व्यवस्थापन शुल्क लागू गरिने भएको छ । यो शुल्क लागू गर्ने न्युयोर्क पहिलो शहर बन्ने तयारीमा छ ।

गभर्नर क्याथी होकुलले सडकको मूल्य निर्धारण ५ जनवरीदेखि सुरु हुने घोषणा गर्नुभएको छ । यो घोषणाले सडकहरू खाली गर्न, प्रदूषण घटाउन र लाखौं न्युयोर्करहरूको लागि राम्रो सार्वजनिक यातायात सेवा प्रदान गर्नू मद्दत गर्ने अपेक्षा गरिएको गभर्नर होकुलले बताउनु भयो ।

केही यात्रु र व्यवसायीबाट विरोध भए पछि होचुलले जुन महिनामा देखि लागू गर्न खोज्नु भएको यो योजनालाई स्थगित गर्नुभएको थियो । नयाँ योजनामा म्यानहट्टनको निश्चित क्षेत्रहरूमा प्रवेश गर्ने सवारीसाधनहरूका लागि पहिले प्रस्ताव गरिएको शुल्कभन्दा कम शुल्क लाग्नेछ ।

यद्यपि यो भीड व्यवस्थापन शुल्कलाई आउँदो राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कडा आलोचना गर्नुभएको छ । यो शुल्क म्यानहट्टनको ६० औं सडकभन्दा तलका क्षेत्रमा यात्रा गर्ने सवारीसाधनहरूलाई लागू हुनेछ । जुन न्युयोर्कको मुख्य मेट्रोपोलिटन क्षेत्र हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस कार्यक्रमको उद्देश्य संकटग्रस्त मेट्रोपोलिटन ट्रान्सपोर्टेसन अथोरिटीलाई आर्थिक सहयोग पुर्याउनु हो । जसले शहरको सबवे, बसहरू र अन्य सार्वजनिक यातायात व्यवस्थापन गर्छ । साथै न्युयोर्कको अन्तहीन ट्राफिकलाई कम गर्नु पनि यसको उदेश्य रहेको बताइएको छ ।

होकुलले बिहीबार नयाँ योजनामा कारहरूका लागि दिउँसोको लागि ९ डलर हुने घोषणा गर्नुभयो । जुन पहिले १५ डलर प्रस्ताव गरिएको थियो ।

साना ट्रकहरू र गैर यात्रा बसहरूले म्यानहट्टन प्रवेश गर्न १४.४० डलर तिर्नु पर्नेछ । ठूला ट्रक र पर्यटक बसहरूले २१.६० डलर तिर्नुपर्नेछ । सार्वजनिक यातायातको वकालत गर्ने समूह राइडर्स एलायन्सले होचुलको यो कदमको स्वागत गरेको छ ।

होकुलको यो योजना जनवरीमा नयाँ राष्ट्रपतिको रूपमा शपथ लिन लागेका ट्रम्पभन्दा अगाडि नै लागू हुने छ ।

पत्रकार सम्मेलनमा होकुलले वासिङ्टनमा को सत्तामा छ भनेर आफ्नो योजना प्रभावित नहुने बताउनु भयो । आलोचकहरूले यो योजना अमेरिकी चुनावको एक हप्ता पछि पुनः सुरु गरिएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com