डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई परराष्ट्र मन्त्री नियुक्त गर्ने अपेक्षा
प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार
(FILES) Former US President and Republican presidential candidate Donald Trump greets Senator Marco Rubio, Republican of Florida, during a campaign rally at the J.S. Dorton Arena in Raleigh, North Carolina, on November 4, 2024. President-elect Trump is expected to name Rubio as secretary of state, The New York Times reported late on November 11, 2024. It quoted three people as saying that the decision is not final, but that Trump appears to have settled on Rubio, a loyalist whom Trump passed over as his vice presidential running mate. (Photo by Ryan M. Kelly / AFP)
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई परराष्ट्र मन्त्री नियुक्त गर्ने अपेक्षा गरिएको छ । ट्रम्पले आफ्नो परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा टोली बनाउन द्रुत गतिमा काम गरिरहेका छन् ।
तर अन्तिम समयमा ट्रम्पले आफ्नो विचार परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ । यद्यपी उनी परराष्ट्रमन्त्रीका लागि रुबियोमा नै अडिएको देखिन्छ। उनले यस वर्ष आफ्ना उपराष्ट्रपति छनोट गर्दा पनि रुबियोको बारेमा विचार गरेका थिए।
रुबियो २०१० मा सिनेटमा निर्वाचित भएका थिए र परराष्ट्र नीति सम्बन्धी चासो राख्दै आएका छन् । उनले चीन, इरान, भेनेजुएला, र क्युबाबारे कडा दृष्टिकोण लिएका छन्। उनी सुरुमा परराष्ट्र नीतिमा केही रिपब्लिकनहरूको विपक्षमा थिए, तर हालसालै युक्रेनमा रुसको युद्धलाई स्थिरताको अवस्थामा पुगेको र यसको समाधान आवश्यक भएको टिप्पणी गरेर ट्रम्पसँग मिल्दोजुल्दो धारणा व्यक्त गरेका छन्।
रुसका लागि कडा टिप्पणी गर्ने रुबियोले ट्रम्पको अपेक्षा अनुशार युक्रेनलाई रुससँग मिलेर सम्झौतामा आउन र नेटो बाहिर रहन दबाब दिन सक्ने सम्भावना छ। यद्यपि, युक्रेन वा रुसका नेताहरूले ट्रम्पको आग्रहलाई स्वीकार्ने कुरामा अझै अन्योल छ।
रुबियोले चीनप्रति अमेरिकालाई थप आक्रामक बनाउनु पर्ने कुरा जोड दिदै आएका छन्। उनले संसदमा रहेको बेला चीनको राज्य निर्देशित अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न मद्दत पुर्याउने औद्योगिक नीतिको वकालत गरेका थिए, जुन पछि मुलधारमा परिणत भएको थियो। २०२० मा उनले चीनको जबरजस्ती श्रम प्रयोग गरिएका सामानहरू रोक्न कानून पारित गराउन सहयोग गरेका थिए। राष्ट्रपति बाइडेनले उक्त कानूनलाई लागू गरेका थिए।
२०१९ मा रुबियोले भेनेजुएलामा निकोलस मदुरोको सत्तालाई हटाउन ट्रम्पलाई कडा प्रतिबन्ध नीतिमा सहमत गराएका थिए। उनले उक्त युद्ध जित्न नसक्ने बताउँदै मदुरोको गम्भीर आलोचना गरेका थिए। यद्यपि भेनेजुएलामा अमेरिकी प्रतिबन्धहरूको कारण जनताले कष्ट भोग्दै आएका छन् भने मदुरो अझै सत्तामा छन्।
हालसालै रुबियोले इजरायलको गाजामा जारी युद्धप्रति अमेरिकी समर्थन व्यक्त गरेका छन्। उनलाई धेरै प्यालेस्टिनी नागरिकहरूको मृत्युबारे प्रश्न गर्दा, उनले हमास नै १०० प्रतिशत जिम्मेवार भएको बताएका थिए ।
रुबियोले सिनेटको परराष्ट्र सम्बन्ध र गुप्तचर समितिमा पार्टीको सिमाना काटेर काम गरेका छन् । यदि उनी परराष्ट्र मन्त्री बनेमा उनले चीनलाई प्राथमिकता दिनका लागि विश्वका अन्य ठाउँहरूमा अमेरिकी हस्तक्षेप त्याग्नेबारे मुख्य प्रश्न उठ्न सक्छ। यो दृष्टिकोण ट्रम्पको अमेरिका फस्ट विचारसँग मेल खाए पनि उनको पहिलाको दृष्टिकोणसँग बाझ्न सक्छ।
रुबियो २०१६ को राष्ट्रपतीय चुनावको दौरान ट्रम्प प्रति वफादार रहेका थिए । जहाँ उनलाई उपराष्ट्रपति चयन नगरे पनि उनी ट्रम्पको समर्थनमा रहिरहे। ट्रम्पले राष्ट्रिय सुरक्षा सम्बन्धी अन्य भूमिकाहरू पनि चयन गरेका छन्। उनले फ्लोरिडाका रिपब्लिकन सांसद माइकल वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गर्ने भएका छन् । न्युयोर्कका रिपब्लिकन सांसद एलिस स्टेफानिकलाई संयुक्त राष्ट्रसंघका लागि राजदूतको रूपमा नियुक्त गर्ने भएका छन् ।
रुबियो २०१० मा टि पार्टीको नयाँ पुस्ताका नेताको रूपमा सिनेटमा निर्वाचित भएका थिए। तर आप्रवासन सम्बन्धी मामिलामा केही रूढिवादीहरूले उनलाई ढुलमुल मान्थे, जसले २०१६ मा राष्ट्रपतिको चुनावमा ट्रम्पसँग प्रतिस्पर्धा गर्दा उनलाई चुनौती दिएका थिए ।
यो अभियानमा ट्रम्पले उनलाई लिटिल मार्को भन्दै व्यंग्य गरेका थिए । रुबियोले पनि यसको जवाफ दिएका थिए। तर २०१६ मा ट्रम्पको जितपछि रुबियोले उनलाई सघाएका थिए । ट्रम्पको पहिलो बाइडेनसँगको बहसको तयारीमा पनि उनले सहयोग गरेका थिए।
फ्लोरिडाको कानून अनुसार गभर्नर रोन डिसेन्टिसले रुबियोको स्थानमा अस्थायी रूपमा अर्को व्यक्तिलाई नियुक्त गर्न सक्नेछन्, जो नियमित निर्वाचनसम्म सिनेटमा सेवा गर्नेछन्।
