चीनका कडा विरोधी निक्की हेली र माइक पम्पिओलाई ट्रम्पले आगामी सरकारमा स्थान नदिने


प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व विदेशमन्त्री माइक पम्पिओ र संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलीलाई आफ्नो नयाँ सरकारमा समावेश नगर्ने घोषणा गरेका छन् । निक्की हेलीका आमाबुवा अजित सिंह रन्धावा र राज कौर रन्धावा भारतीय मूलका थिए। निक्की हेलीका आमाबाबु अमृतसरका थिए।

निक्की हेलीले भारतलाई खुलेर समर्थन गरिरहेकी छिन् । योसँगै माइक पम्पिओले पनि चीनको विरुद्धमा बोल्दै आएका छन् । तर ट्रम्पले दुवैलाई आफ्नो सरकारमा नराख्ने निर्णय गरेका छन् । आफ्नो अघिल्लो सरकारको समयमा पनि डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्टमार्फत केही महत्त्वपूर्ण घोषणा गरेका थिए।

ट्रम्पले सामाजिक सञ्जालमा पूर्व राजदूत निक्की हेली वा पूर्व विदेशमन्त्री माइक पम्पिओलाई अर्को सरकारमा सामेल हुन निम्तो नदिने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल प्लेटफर्ममा डोनाल्ड ट्रम्पलाई जवाफ दिँदै निक्की हेलीले अमेरिकालाई बलियो र सुरक्षित देश बनाउन सफलताको कामना गरेकी छिन् । डोनाल्ड ट्रम्पले नै निक्की हेलीलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत नियुक्त गरेका थिए ।

कमला ह्यारिसलाई पराजित गर्दै चुनाव जितेको केही दिनपछि डोनाल्ड ट्रम्पको टोलीले संक्रमणकालका लागि पहिलो औपचारिक बैठक सुरु गरेको थियो र नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रियालाई तीव्रता दिएको छ । जनवरी २० मा पदको सपथ लिनुअघि ट्रम्पले आफ्नो प्रशासनमा काम गर्ने सम्भावितहरूसँग भेट गर्दैछन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

माइक पम्पिओले यसअघि ट्रम्प प्रशासनमा गुप्तचर एजेन्सी सीआईएका निर्देशकको रूपमा पनि काम गरिसकेका छन्। त्यसपछि उनी अमेरिकी विदेशमन्त्री भएका थिए । केही सञ्चारमाध्यममा उनलाई सम्भावित रक्षामन्त्रीको रुपमा व्याख्या गरिएको थियो ।

उनलाई रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो । तर २०२३ को अप्रिलमा नै उनले चुनाव नलड्ने घोषणा गरेका थिए । हेलीले रिपब्लिकन पार्टीको तर्फबाट सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी थिइन् । मार्चमा दौडबाट बाहिरिनु अगाडि उनी ट्रम्पलाई चुनौती दिने अन्तिम दावेदार थिइन्।

यस चुनावी अभियानका क्रममा दुवैबीच केही कटुता देखिएको थियो, जसमा ट्रम्पले उनलाई ‘मूर्ख भनेका थिए। तर, अन्त्यमा रिपब्लिकन नेशनल कन्भेन्सनमा निक्की हेलीले राष्ट्रपतिका लागि ट्रम्पलाई समर्थन गरेकी थिइन् ।

रुससँगको शत्रुता कम होस् र युक्रेन युद्ध अन्त्य होस् भन्ने ट्रम्प चाहन्छन् । पम्पिओ ट्रम्पको एजेन्डासँग मेल खाएनन्। चीन अमेरिकाको सबैभन्दा ठूलो व्यापार साझेदार हो र निक्की हेलीले खुलेर चीनको विरोध गर्दै आएकी छिन् । माइक पम्पिओ र हेली बाहेक डोनाल्ड ट्रम्पले युक्रेनका लागि अमेरिकाको समर्थनमा रहेका दुई रिपब्लिकनलाई पनि सामेल गर्न अस्वीकार गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com