डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा जिताउने मतदाताहरु को हुन् ?
प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार
(FILES) Former US President Republican presidential candidate Donald Trump looks on as he speaks at a campaign rally in East Del Valle, Austin, Texas on October 25, 2024. Donald Trump has pledged to launch — on day one of his presidency — the largest deportation operation of undocumented immigrants in US history. Carrying it out may be another matter. Aside from the legal and humanitarian issues, a mass deportation of millions of people would entail enormous budgetary and economic costs and be a logistical nightmare. (Photo by SERGIO FLORES / AFP)
यसपटक अमेरिकामा राष्ट्रपतीय चुनाव निकै रोचक रह्यो जसमा डोनाल्ड ट्रम्पले कमला ह्यारिसको तुलनामा करिब ३ प्रतिशत अंकले अग्रता कायम गरे चुनाव जिते । ह्वाइट हाउसका लागि ट्रम्पको तीनवटा अभियानमा पहिलो पटक उनले पपुलर भोटमा समेत प्रतिद्वन्द्वीलाई उछिनेका छन् । सन् १९८८ पछि कुनै पनि रिपब्लिकनले यो रेकर्ड कायम गरेको दोस्रो पटक मात्र हो।
२०१६ मा हिलारी क्लिन्टनले ट्रम्पको लगभग ६६ मिलियन अर्थात् ४८ प्रतिशत पपुलर भोट ल्याउँदा ट्रम्पले लगभग ६३ मिलियन अर्थात् ४६ प्रतिशत भोट ल्याएका थिए । पपुलर भोट कम ल्याएपनि ट्रम्पले इलेक्टोरल कलेज जितेकाका राष्ट्रपति भएका थिए । २०२० मा ट्रम्पले बाइडेनसँगको प्रतिस्पर्धामा इलेक्टोरल कलेज र पपुलर भोट दुबै कम ल्याए । ट्रम्पले लगभग ७४ मिलियन अर्थात् ४७ प्रतिशत भोट ल्याएका थिए भने बाइडेनले लगभग ८१ मिलियन भोट अर्थात् ५१ प्रतिशत भोट प्राप्त गरेका थिए ।
तर यसपटक ट्रम्पले ९५ प्रतिशत मतगणना हुँदा झण्डै ७४ मिलियन अर्थात् ५० दशमलव ६ प्रतिशत पपुलर भोट ल्याए भने ह्यारिसले झण्डै ७० मिलियन अर्थात् ४७ दशमलव ९ प्रतिशत भोट ल्याइन् । फ्लोरिडा युनिभर्सिटी इलेक्शन ल्याबको हालको अनुमान अनुसार मतदान २०२० मा रेकर्ड ब्रेक गरेकै नजिक रहेको छ ।

२०२० मा कुल मतदातामध्ये ६५ दशमलव ९ प्रतिशतले मतदान गरेका थिए, जुन सन् १९०० यताकै सबैभन्दा धेरै टर्नआउट थियो । यसपटक २०२४ मा राष्ट्रिय मतदान ६४ दशमलव ५ प्रतिशतले गरेको अनुमान गरिएको छ । २४५ मिलियन योग्य मतदाताहरू मध्ये लगभग १५८ मिलियन मतपत्रहरू गणना गरिएको छ। हुलाकबाट प्राप्त मतपत्रहरू अझै पनि गणना भइरहेका छन् ।
एउटा एक्जिट पोल अनुशार ट्रम्पलाई ५५ प्रतिशत पुरुषले मतदान गरेका थिए भने ह्यारिसलाई ४२ प्रतिशत पुरुषले मतदान गरेका थिए । त्यस्तै ट्रम्पलाई ४५ प्रतिशत महिलालेमात्र मतदान गरेका थिए भने ह्यारिसलाई मतदान गर्ने महिलाहरु ५३ प्रतिशत थिए । ६० प्रतिशत श्वेत पुरुषहरुले ट्रम्पलाई भोट हाले भने ३७ प्रतिशत श्वेत पुरुषलेमात्र ह्यारिसलाई भोट हाले । महिलाका सन्दर्भमा पनि ५३ प्रतिशत श्वेत महिलाले ट्रम्पलाई नै भोट हाले । ह्यारिसलाई भोट हाल्ने श्वेत महिला जम्मा ४५ प्रतिशत थिए ।
अश्वेत पुरुषहरुमा ७७ प्रतिशतले ह्यारिसलाई र २१ प्रतिशतले ट्रम्पलाई भोट हाले । अश्वेत महिलामा ९१ प्रतिशतले ह्यारिसलाई भोट हाले भने ७ प्रतिशतले ट्रम्पलाई भोट हाले । तर ल्याटिनो पुरुषका सन्दर्भमा भने ४३ प्रतिशतलेमात्र ह्यारिसलाई भोट हाले, ५५ प्रतिशतले ट्रम्पलाई नै हाले । ल्याटिनो महिलाहरु ६० प्रतिशतले ह्यारिसलाई र ३८ प्रतिशतले ट्रम्पलाई भोट हाले ।
१८ देखि २९ बर्षका पुरुषमा ४७ प्रतिशतले ह्यारिसलाई र ४९ प्रतिशतले ट्रम्पलाई भोट हाले । तर १८ देखि २९ बर्षका महिलाले भने ६१ प्रतिशतले ह्यारिसलाई र ३७ प्रतिशतले ट्रम्पलाई भोट हाले । कलेज डिग्री भएकाहरुमा ५५ प्रतिशतले ह्यारिसलाई र ४२ प्रतिशतले ट्रम्पलाई भोट हाले तर कलेज डिग्री नभएकाहरुमा ४२ प्रतिशतले ह्यारिसलाई र ५६ प्रतिशतले ट्रम्पलाई भोट हाले ।





