सिनेटमा रिपब्लिकन नियन्त्रण कायम, हाउसमा अहिलेको ट्रेण्ड कायम रहे ट्रम्प शक्तिशाली राष्ट्रपति बन्ने


प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार

(FILES) Former US President Republican presidential candidate Donald Trump looks on as he speaks at a campaign rally in East Del Valle, Austin, Texas on October 25, 2024. Donald Trump has pledged to launch — on day one of his presidency — the largest deportation operation of undocumented immigrants in US history. Carrying it out may be another matter. Aside from the legal and humanitarian issues, a mass deportation of millions of people would entail enormous budgetary and economic costs and be a logistical nightmare. (Photo by SERGIO FLORES / AFP)

अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि रिपब्लिकन पार्टीकै नियन्त्रण कायम भएको छ । रिपब्लिकनले आफ्नो लक्षित संख्यामा प्रतिस्पर्धी सिट जितेका छन् र सिनेटमा आफ्नो नियन्त्रण सुरक्षित गरिसकेका छन्। १०० सिटको सिनेटमा नियन्त्रण कायम गर्नका लागि कम्तीमा ५१ सिटमा जित हासिल गर्नुपर्छ तर रिपब्लिकनहरुले ५२ सिटमा जित हासिल गरिसकेका छन् । अब रिपब्लिकनहरुलाई सिनेटबाट साधारण बहुमतले पारित हुने कुनै पनि बिलहरु पारित गराउन कुनै समस्या हुनेछैन ।

यस अगाडि सिनेटमा डेमोक्र्या्टसको नियन्त्रण कायम रहेको थियो । बाइडेन निर्वाचित भएपछिको ११७ औं संसदमा सिनेट पचास पचास सिटमा विभाजित थियो । यो अवस्थामा निर्णायक मत अमेरिकी उपराष्ट्रपतिले दिन पाउने प्रावधान भएका कारण डेमोक्र्याट्सले नै नियन्त्रण कायम गरेका थिए । त्यस्तै २०२३ जनवरीदेखि २०२५ जनवरीसम्मको ११८ औं संसदमा सिनेटमा डेमोक्र्याटसको ५१ र रिपब्लिकनको ४९ सिट कायम भएकाले डेमोक्र्याटस्कै नियन्त्रण कायम थियो । तर राष्ट्रपतिमा पराजयसँगै योपटक डेमोक्र्याटसहरुले सिनेटमा पनि नियन्त्रण गुमाएका छन् ।

(फोटो जैम स्टा रोजा/एएफपी)

यद्यपी विगतमा डोनाल्ड ट्रम्प राष्ट्रपति भएकै बखत पनि सिनेटमा रिपब्लिकनकै नियन्त्रण कायम थियो । २०१७ देखि २०१९ सम्मको शत्रमा रिपब्लिकनको ५१ सिट र २०१९ देखि २०२१ सम्मको शत्रमा रिपब्लिकनको ५३ सिट कायम थियो । २०१७ देखि २०१९ सम्म सिनेटमा रिपब्लिकनको बहुमत हुँदा प्रतिनिधिसभामा पनि रिपब्लिकनहरुकै बहुमत थियो । त्यो बेला डोनाल्ड ट्रम्पले आफूले चाहेका साधारण बहुमतबाट पारित हुने बिलहरु दुबै सदनबाट पारित गराउनसक्ने शक्ति राख्थे । तर २०१९ देखि २०२१ सम्म पनि प्रतिनिधिसभामा रिपबिलकनले नियन्त्रण गुमाएर डेमोक्र्याटसहरुले बहुमत कायम गरेका थिए । प्रतिनिधिसभामा नियन्त्रण कायम गर्नका लागि कम्तीमा २१८ सिट जित्न आवश्यक छ ।

जो बाइडेनको कार्यकालमा ११६ औं संसदमा प्रतिनिधिसभा र सिनेट दुबैमा डेमोक्र्याटसको नियन्त्रण कायम थियो । बाइडेनले आफूले चाहेका साधारण बहुमतबाट पारित हुने बिलहरु दुबै सदनबाट पारित गराउनसक्ने शक्ति राख्थे । तर २०२३ देखि २०२५ सम्मको ११७ औं ससदमा भने प्रतिनिधिसभामा डेमोक्र्याटसले नियन्त्रण गुमायो । र रिपब्लिकनले नियन्त्रण कायम गर्न पुग्यो । गत मंगलबार भएको निर्वाचनको परिणामहरु आउँदै गर्दा अहिलेकै ट्रेण्ड कायम रहेमा प्रतिनिधिसभामा यसपटक पनि रिपब्लिकनले नियन्त्रण कायम गर्नेछ । अहिलेसम्म नियन्त्रणका लागि आवश्यक पर्ने २१८ मध्ये २०५ सिटमा रिपब्लिकनले जित हासिल गरिसकेको छ भने १८ सिटमा अग्रता कायम गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेटमा रिपब्लिकनले नियन्त्रण कायम गरिसकेको अवस्थामा प्रतिनिसभामा पनि नियन्त्रण कायम गरेमा डोनाल्ड ट्रम्प अमेरिकाको शक्तिशाली राष्ट्रपति बन्नेछन् । अर्थात् उनले चाहेका साधारण बहुमतले पारित हुनसक्ने बिलहरु  संसदका दुबै सदनबाट पारित गराउन रिपब्लिकनलाई कुनै अप्ठ्यारो हुनेछैन । तर कैयन महत्वपूर्ण बिलहरु रिपब्लिकन र डेमोक्र्याट्स दुबैले संसदका दुबै सदनमा आफ्नो नियन्त्रण कायम भएको अवस्थामा नभई एउटा सदनमा नियन्त्रण गुमेको अवस्थामा मात्र ल्याउने गरेका छन्, जसका कारण त्यस्ता बिलहरु पारित हुनबाट रोकिने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com