कमला ह्यारिसबाट औपचारिक रुपमा पराजय स्वीकार, ट्रम्पलाई फोन गरेर दिइन् बधाई


प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार

FILE – Sen. Kamala Harris, D-Calif. is seen on Capitol Hill, Jan. 10, 2017, in Washington. She’s already broken barriers, and now Vice President Harris could soon become the first Black woman to head a major party’s presidential ticket after President Joe Biden’s ended his reelection bid. The 59-year-old Harris was endorsed by Biden on Sunday, July 21, after he stepped aside amid widespread concerns about the viability of his candidacy. (AP Photo/Cliff Owen, File)

अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजयपछि उपराष्ट्रपति कमला ह्यारिसले पराजय स्वीकार गर्दै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छिन् । बुधबार भएको फोन कलमा ह्यारिसले ट्रम्पलाई अमेरिकाको नयाँ राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएकी हुन् ।

ह्यारिसले ट्रम्पसँग शान्तिपूर्ण सत्ता हस्तान्तरणको महत्त्व र सम्पूर्ण अमेरिकीहरूको राष्ट्रपति बन्ने जिम्मेवारीबारे कुराकानी गरेकी थिइन्। यो कुराकानी केवल केही मिनेट मात्र चलेको थियो । ह्यारिसले हावर्ड विश्वविद्यालयमा स्थानीय समय अनुसार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

ब्याटलग्राउण्ड राज्यहरु नर्थ क्यारोलिना, पेन्सिल्भेनिया, मिसिगन, विसकन्सिन र जर्जियामा जितेपछि ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएको हो । त्यस्तै नेभाडा र एरिजोनामा पनि ट्रम्पको अग्रता रहेको छ । अहिलेकै ट्रेण्ड कायम रहेमा ट्रम्पले ३१२ इलेक्टोरल मत प्राप्त गर्नेछन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो जीवनमा दुई प्रयासहरूले भरिएको ऐतिहासिक चुनाव चक्र पछि यो निर्वाचनले ट्रम्पलाई व्हाइट हाउसमा दोस्रो कार्यकाल प्रदान गर्नेछ । २०१६ मा राष्ट्रपति पदमा बिजयी भएका ट्रम्प २०२० मा जो बाइडेनसँग पराजित भएका थिए । डेमोक्र्याटिक प्राइमरीमा विजयी बाइडेनले उम्मेदबारी त्यागेपछि १०० दिनअघि चुनावी दौडमा प्रवेश गरेकी कमला ह्यारिसलाई ट्रम्पले पराजित गरेका हुन् ।

ट्रम्प लगातार निर्वाचित नभई दुई कार्यकाल अमेरिकी राष्ट्रपति हुने अमेरिकी इतिहासमा दोश्रो व्यक्ति हुनेछन् । सन् १८८४ र १८९२ मा निर्वाचित ग्रोभर क्लिभल्याण्डले पनि लगातार चुनाव नजितिकनै दुई कार्यकाल अमेरिकी राष्ट्रपति भएका थिए ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । अमेरिकामा अधिकांश राज्यमा विगतको इतिहास र पार्टीको प्रभावको आधारमा चुनाव कस्ले जित्छ भन्ने लगभग सुनिश्चित जस्तै नै हुने गर्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com