पेन्सिलभेनियामा पनि ट्रम्पको जीत, ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित
प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार
Former US President and Republican presidential candidate Donald Trump speaks during an election night event at the West Palm Beach Convention Center in West Palm Beach, Florida, on November 6, 2024. Republican former president Donald Trump closed in on a new term in the White House early November 6, 2024, just needing a handful of electoral votes to defeat Democratic Vice President Kamala Harris. (Photo by Jim WATSON / AFP)
ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनियामा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीत हासिल गरेका छन् । अब उनी अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएको छ । यस अगाडि १६/१६ इलेक्टोरल मत भएका नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्पले जितिसकेका छन् ।
१९ इलेक्टोरल मत भएको पेन्सिलभेनियामा पनि जितेपछि ट्रम्पले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए । ट्रम्पले आफू विजयी भएको घोषणा गरेपनि ह्यारिसले पराजय स्वीकार्न भने अझै बाँकी रहेको छ । उनले बुधवार राष्ट्रलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
पेन्सिलभेनियाका १९ इलेक्टोरल मत सहित उनले जितेका र जित्ने निश्चित भएका राज्यको इलेक्टोरल मत संख्या जोड्दा ट्रम्पलाई अमेरिकी राष्ट्रपति हुनका लागि आवश्यक २७० इलेक्टोरल मत प्राप्त हुन्छ । अरु ४ ब्याटलग्राउण्ड राज्यहरु एरिजोना, मिसिगन, नेभाडा र विसकन्सिमा पनि ट्रम्पकै अग्रता रहेको छ । अहिलेकै ट्रेण्ड कायम रहेमा ट्रम्पले ३१२ इलेक्टोरल मत प्राप्त गर्नेछन् ।

आफ्नो जीवनमा दुई प्रयासहरूले भरिएको ऐतिहासिक चुनाव चक्र पछि यो निर्वाचनले ट्रम्पलाई व्हाइट हाउसमा दोस्रो कार्यकाल प्रदान गर्नेछ । २०१६ मा राष्ट्रपति पदमा बिजयी भएका ट्रम्प २०२० मा जो बाइडेनसँग पराजित भएका थिए । डेमोक्र्याटिक प्राइमरीमा विजयी बाइडेनले उम्मेदबारी त्यागेपछि १०० दिनअघि चुनावी दौडमा प्रवेश गरेकी कमला ह्यारिसलाई ट्रम्पले पराजित गरेका हुन् ।
ट्रम्प लगातार निर्वाचित नभई दुई कार्यकाल अमेरिकी राष्ट्रपति हुने अमेरिकी इतिहासमा दोश्रो व्यक्ति हुनेछन् । सन् १८८४ र १८९२ मा निर्वाचित ग्रोभर क्लिभल्याण्डले पनि लगातार चुनाव नजितिकनै दुई कार्यकाल अमेरिकी राष्ट्रपति भएका थिए ।
अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।
५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । अमेरिकामा अधिकांश राज्यमा विगतको इतिहास र पार्टीको प्रभावको आधारमा चुनाव कस्ले जित्छ भन्ने लगभग सुनिश्चित जस्तै नै हुने गर्छ ।









