न्युयोर्क राज्य सांसदमा नेपाली अमेरिकन सांसद सराहना श्रेष्ठ दोश्रो कार्यकालका लागि निर्वाचित


प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार

न्युयोर्क राज्य सांसदमा नेपाली अमेरिकन सांसद सराहना श्रेष्ठ दोश्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । न्युयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ बाट उमेदवार बनेकी श्रेष्ठ दोश्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

छोटो समयमा राजनीतिक सफलता हात पारेकी सराहना न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकन र अमेरिकाकै राज्य संसदमा पहिलो नेपाली अमेरिकन महिला हुन् । यसअगाढि उनी २०२२ को चुनावमा २ बर्षका लागि निवार्चित भएकी थिइन् । उनको पहिलो कार्यकाल सन् २०२५ को जनवरी १ मा सकिदै थियो । मंगलबारको चुनावमा निर्वाचित भएसँगै अब उनको कार्यकाल सन् २०२७ को जनवरी १ सम्म थप भएको छ ।

२०२२ मा ३६ हजार ६ सय ५ मत ल्याएर निर्वाचित भएकी उनले यसपटक ६५ प्रतिशत मतगणना हुँदा ३२ हजार ७ सय ९८ मत ल्याएर विजयी भएकी छिन् । अर्थात् उनले कुल गणना भएको ६४ प्रतिशत मत प्राप्त गरेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२२ मा श्रेष्ठले २३ बर्षदेखि लगातार र सन् १९९३ मा एक कार्यकाल गरी १३ कार्यकाल न्युयोर्क संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्दै आएका डेमोक्रेटिक उम्मेदबार केभिन काहिललाई प्राइमरीमा पराजित गरेका कारण विशेष चर्चामा आएकी थिइन् ।

४० बर्षभन्दा लामोसमयदेखि राजनीतिमा सकृय रहदै आएका काहिललाई २०१९ मा अमेरिकी नागरिकता लिएकी सराहना श्रेष्ठले ७ हजार ९ सय ७ मत ल्याएर ग्याबी म्यानडलाई झन् धेरै ९ हजार २ सय १९ मत ल्याएर पराजित गरेकी थिइन् । सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठले सन् २०१९ मा मात्र अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।

जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवाज उठाउदै आएकी उनले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्छिन् । उनको उम्मेदबारीको चर्चित अमेरिकन सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजले पनि समर्थन गरेकी थिइन् ।

पछिल्लो समयमा अमेरिकन मुलधारको राजनीतिमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दै गएको छ । अहिलेसम्म जननिर्वाचित सबैभन्दा उच्च पदमा पुग्न सफल पहिलो नेपाली अमेरिकन मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com