विश्वकै खतरनाक लुक्ला विमानस्थलमा छैन मौसम पूर्वानुमान यन्त्र


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

सोलुखुम्बु, २७ भदौ । विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् ।

विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक विमानस्थलको सूचीमा राखिएको छ ।

तर यही खतरनाक विमानस्थलमा सुरक्षाका लागि आवश्यक पूर्वाधार तयार गरिएको छैन । छिनछिनमै मौसम बदली भइरहने लुक्ला विमानस्थलमा मौसमको अवस्था थाहा पाउने यन्त्र नै छैन । यस्ता यन्त्र विभिन्न रुटमा पनि राख्ने गरिन्छ तथापि लुक्लाको रुटमा कहीँ पनि यस्तो व्यवस्था छैन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यस्तै, लुक्ला विमानस्थलमा लाइटिङ सिस्टम पनि छैन । मौसम खराब भई दृष्टि क्षमता कम भएको बेला विमानलाई अवतरण गराउनका लागि लाइटिङ सिस्टम आवश्यक हुन्छ । लुक्ला क्षेत्रमा हवाईजहाज प्रवेश गरिसकेपछि मौसम खराब भएमा फर्कन सक्ने भौगोलिक अवस्था नभएकाले केही विकल्प नरहने विमान चालकहरु बताउँछन् ।

सगरमाथा क्षेत्रमा पर्यटक घुम्न आउने मौसममा दैनिक सयको हाराहारीमा विमान अवतरण हुने लुक्ला विमानस्थलमा मौसम खराबीका कारण समस्या दोहोरिरहने गरेको छ ।

वर्षेनीजस्तो विमान दुर्घटना भइरहने यो विमानस्थलमा प्रविधिको प्रयोग गरिएमा जोखिम घट्ने भएपनि त्यस्तो भएको छैन ।

नागरिक उड्डयन प्राधिकरण, लुक्लाले समस्या रहेको र त्यस्ता यन्त्र राख्न बारम्बार प्राधिकरणलाई अनुरोध गर्ने गरेको भएपनि पूरा नभएको बताएको छ । देशका अन्य जोखिमपूर्ण विभिन्न विमानस्थलमा पनि यस्तो समस्या रहेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com