वेष्ट भर्जिनियामा ट्रम्पको जीतसँगै ट्रम्पका पक्षमा कुल इलेक्टोरल मत २३
प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार
Republican presidential nominee former President Donald Trump speaks during a campaign rally at Thomas & Mack Center, Thursday, Oct. 24, 2024, in Las Vegas. (AP Photo/Alex Brandon)
अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पले ४ इलेक्टोरल मत रहेको वेष्ट भर्जिनियामा जितेका छन् । ट्रम्पले केन्टकीमा पनि जीत हासिल गरेका छन् । केन्टकीमा आठ इलेक्टोरल भोटहरू छन्। त्यस्तै ट्रम्पले इन्डियानामा पनि जीत हासिल गरेका छन् । इन्डियानामा ११ इलेक्टोरल भोटहरु रहेका छन् ।
अमेरिकी राष्ट्रपति उम्मेदबार कमला ह्यारिसले भर्मन्टमा जीत हासिल गरेकी छिन् । भर्मन्टमा तीन इलेक्टोरल भोटहरू छन्। अमेरिकामा राष्ट्रपतिको चुनावमा निर्वाचित हुनका लागि जम्मा ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ भने हरेक राज्यका लागि इलेक्टोरल मतभार फरक फरक तोकिएको हुन्छ ।
कमला ह्यारिसलाई २२६ इलेक्टोरल भोट हुने राज्यमा प्रष्ट रूपमा मन पराइएको छ भने डोनाल्ड ट्रम्पलाई २१९ मत हुने राज्यहरूमा प्रष्ट रुपमा मन पराइएको छ। जित्नको लागि ह्यारिसलाई सात ब्याटलग्राउण्ड राज्यहरूबाट कम्तिमा ४४ र ट्रम्पलाई ५१ इलेक्टोरल मत चाहिन्छ ।
अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।
५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । अमेरिकामा अधिकांश राज्यमा विगतको इतिहास र पार्टीको प्रभावको आधारमा चुनाव कस्ले जित्छ भन्ने लगभग सुनिश्चित जस्तै नै हुने गर्छ । तर अमेरिकाका केही राज्यहरु त्यस्ता राज्यहरु छन् जसले पटकपटक आफ्नो चुनावी परिणाम बदल्ने गरेका छन् । त्यसैले अमेरिकी राष्ट्रपति चुनाव कस्ले जित्छ भन्ने कुराको निर्धारण यी राज्यहरुको चुनावी परिणाममा निर्भर गर्ने गरेको छ ।






