यी ७ ब्याटलग्राउण्ड राज्यमा अमेरिकी राष्ट्रपति चुनावको नतिजा कहिले आउँछ?


प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार

राष्ट्रपति चुनावका कारण अहिले विश्व समुदायको ध्यान अमेरिकातिर रहेको छ भने अमेरिकनहरुको ध्यान ७ वटा ब्याटलग्राउण्ड राज्यतिर रहेको छ । तर चुनावको अन्तिम परिणाम चुनावकै रातमा नआउनपनि सक्छ । मतगणना मङ्गलबारको चुनावी रातभन्दा ढिलोसम्म हुनेछ भने झिनो मतान्तर भएमा मंगलबार राती नै नतिजा निर्धारण नहुन पनि सक्छ ।

सर्वेक्षणहरुमा देखिएजस्तो कडा प्रतिपस्पर्धा भएको खण्डमा विजेताको प्रक्षेपण गर्न केही दिन लाग्न पनि सक्छ । २०२० को राष्ट्रपति चुनावमा महामारीको कारण हुलाकमार्फत मतपत्र पठाएर मतदान गर्नेहरुको संख्या निकै ठूलो रहेको थियो । धेरै राज्यहरूले पहिलो पटक ठूलो संख्यामा हुलाकमार्फत प्राप्त मतपत्रहरू गणना गरेका थिए । त्यसपछि कैयन राज्यहरुले गणनालाई गति दिन परिवर्तनहरू गरेपनि हुलाकमार्फत प्राप्त मतपत्रहरू गणना गर्न अहिलेपनि धेरै समय लाग्ने देखिन्छ ।

ब्याटलग्राउण्ड राज्य जर्जियामा मतदान ७ बजे समाप्त हुन्छ। यहाँ धेरै मानिसहरूले अग्रिम मतदान गर्छन् भने हुलाकमार्फत मतपत्र पठाएर मतदान गर्ने संख्या कम छ । जसका कारण यहाँ गणनालाई छिटो बनाउँछ। हुलाकमार्फत मतपत्र पठाएर मतदान गर्नेहरुको संख्या औषतमा ६ प्रतिशत रहेपनि २०२० मा भने २५ प्रतिशत भएको थियो । तर विदेशबाट आएका, प्रोभिजनल र सच्याइएका मतपत्रहरू गणना गर्न भने केही दिन लाग्ने देखिन्छ ।

(कामिल क्रजाकजिन्स्की र एन्ड्रयू क्याबालेरो-रेनोल्ड्स / एएफपी)

नर्थ क्यारोलिनामा मतदान साढे ७ बजे समाप्त हुन्छ। यहाँ पनि अग्रिम मतदान निकै लोकप्रिय छ । सामान्यतया ९८ प्रतिशत भन्दा बढी मत मध्यरातसम्म गनेर सकिन्छ। किनभने पछिल्ला २ वटा मुख्य चुनावमा मध्यरातसम्म ९८ देखि ९९ प्रतिशत मतगणना गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेन्सिल्भेनियामा मतदान ८ बजे समाप्त भएपनि मत गणना गर्न धेरै समय लाग्छ । किनभने चुनावको दिनसम्म हुलाकबाट प्राप्त भएका मतपत्रहरू प्रशोधन गर्न अनुमति छैन। गणनाले २०२० देखि २०२२ सम्म उल्लेखनीय रूपमा गति लिएको छ । नयाँ, छिटो उपकरण र आवश्यकताको कारणले गर्दा अधिकांश काउन्टीहरूले मतदान बन्द भएपछि रातभरि हुलाकबाट प्राप्त मतपत्रहरूको गणना जारी राख्छन् ।

मिशिगनमा मतदान ८ बजे र ९ बजे समाप्त हुन्छ। विगतका दुई आम निर्वाचनहरूमा मिशिगनमा करिब आधा मतहरू मध्यरातसम्म गणना गरिएको थियो । बाँकी मतहरूको ठूलो भाग अर्को दिन दिउँसोसम्म गणना गरिएको थियो। तर राज्यले ठूला सुधारहरू पारित गरेको छ जसले गणनालाई गति दिन सक्छ । अग्रिम मतदानका लागि ९ दिनको अवधि दिनुका साथै काउन्टीहरूलाई चुनावको दिनभन्दा अघि नै हुलाकबाट प्राप्त मतपत्रहरू प्रशोधन सुरु गर्न अनुमति दिइएकाले गणना छिटो हुनसक्छ ।

विस्कन्सिनमा मतदान ९ बजे समाप्त हुन्छ। मतगणना रातभर चल्छ भने अधिकांश नतिजा बुधबार बिहानसम्म आउने अपेक्षा गरिएको छ । त्यस्तै एरिजोनामा मतदान ९ बजे समाप्त हुन्छ। पहिलो नजिता राती १० बजेसम्म नै आउँछ । तर यहाँ हुलाकमार्फत आएका मतपत्रहरू अधिक हुन्छन् र गणनाका लागि केहीसमय लाग्नसक्छ । हुलाकमार्फत प्राप्त मतपत्रहरु चुनावको दिनभन्दा अगाडि नै प्रशोधन गर्न पाइने प्रावधान छ ।

त्यस्तै नेभाडामा मतदान १० बजे समाप्त हुन्छ। यहाँ पनि प्रायः आधा मतदाताले हुलाकमार्फत मतदान गर्छन्। त्यसैले गणनामा लामो समय लाग्छ । नयाँ प्रविधि र अधिकारीहरूले छिट्टै मतपत्रहरू तालिकाबद्ध गर्न सक्ने नियमका कारण मतगणना विगतको तुलनामा छिटो हुन सक्छ। तर पोष्टमार्क गरिएका मतपत्रहरू निर्वाचनको चार दिनपछि नोभेम्बर ९ मा आइपुग्न अनुमति दिइने भएकाले र मतदाताहरूले आफ्नो मतपत्रमा भएका गल्तीहरूलाई सम्बोधन गर्न नोभेम्बर १२ सम्मको समय दिइने भएकाले गणनामा लामो समय लाग्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com