न्युयोर्क सिटीमा १० लाख ८९ हजार मतदाताले गरे अग्रिम मतदान, अब कति बाँकी?


प्रकाशित मिति : कार्तिक १९, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति चयनका लागि न्युयोर्क सिटीमा १० लाख ८९ हजार ३ सय २८ जनाले अक्टोबर २६ देखि नोभेम्बर ३ सम्म अग्रिम मतदान गरेका छन् । योसँगै न्युयोर्कमा अग्रिम मतदान सकिएको छ । न्युयोर्कमा ९ दिनसम्म अग्रिम मतदान गर्न पाउने व्यवस्था रहेको थियो । अग्रिम मतदान नगरेका र हुलाकमार्फत मतपत्र पठाएर मतदान नगरेकाहरुले अब नोभेम्बर ५ मंगलबार हुने चुनावको मुख्य दिन मतदान गर्न सक्नेछन् ।

न्युयोर्कको सिटीको म्यानहटनमा २ लाख ८२ हजार ५ सय ३३, ब्रोंक्समा १ लाख १३ हजार ९ सय ५५, बु्रकलिनमा ३ लाख ४५ हजार ८ सय ४०, क्वीन्समा २ लाख ५५ हजार १ सय २, स्टेटन आइल्याण्डमा ९१ हजार ८ सय ९८ जनाले अग्रिम मतदानका लागि चेकइन गरेको न्युयोर्क सिटी बोर्ड अफ इलेक्सनले जनाएको छ । सबैभन्दा धेरै बु्रकलिनका मतदाताहरुले अग्रिम मतदान गरेका छन् ।

राज्यको भोटर रोल अनुशार न्युयोर्क सिटीका कुल मतदाताहरुमध्ये झण्डै २० प्रतिशत सकृय मतदाताहरुले अग्रिम मतदान गरेका छन् । न्युयोर्क सिटीमा कुल ४७ लाख ६९ हजार ७ सय ८७ सकृय मतदाता रहेका छन् भने ५ लाख ८५ हजार १० निस्कृय मतदाता रहेका छन् । न्युयोर्क सिटीमा कुल मतदाता संख्या ५३ लाख ५४ हजार ७ सय ९७ रहेको छ ।

कुल मतदातामध्ये न्युयोर्क सिटीमा ३१ लाख १४ हजार ७ सय ८५ सकृय रजिष्टर्ड डेमोक्र्याटहरु छन् भने ५ लाख १३ हजार ९ यि ९६ जना सकृय रजिष्टर्ड रिपब्लिकनहरु छन् । कुनै राजनीतिक दल नरोजेका सकृय मतदाताहरुको संख्या १० लाख २४ हजार ४ सय ७६ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कैयन नेपाली अमेरिकन मतदाताहरुले पनि अग्रिम मतदानमा सहभागिता जनाएका छन् । चुनावको मुख्य दिन भींडभाड र लामो लाइन हुनसक्ने भएकाले पनि कैयन मतदाताहरुले अग्रिम मतदानको विकल्प रोजेका हुन् ।

न्युयोर्कको क्वीन्स निवासी नेपाली अमेरिकन निर्मला बास्कोटा र उनका श्रीमान् मनमोहन सिंह घिमिरेले अग्रिम मतदानको महत्त्वमा जोड दिंदै लोकतन्त्रमा सहभागी हुन पाएको अवसरलाई खुसीका साथ मनाएका छन् ।

घिमिरेले आफ्नी श्रीमती निर्मला बास्कोटासँग अग्रिम मतदान गर्दै भनेका छन्, “हामीले प्रारम्भिक मतदान गर्यौं। यो लोकतन्त्रको आकर्षण हो ।”

नेपाली अमेरिकन सुरेश शाहीले पनि प्रारम्भिक मतदान गरेका छन्। उनले भने, “मेरो निर्वाचनको दिनको व्यस्त तालिका भएकाले अग्रिम मतदान गरें। हाम्रो आवाज सुनाउनु महत्त्वपूर्ण छ।”

प्रारम्भिक मतदानपछि सुरेश शाहीले गर्वका साथ आफ्नो मतदान स्टिकर देखाउँदै भने, “सबै नेपाली अमेरिकनलाई स्मरण गराउन चाहन्छु, तपाईँको आवाज महत्त्वपूर्ण छ ।”

यसपटकको अमेरिकाको राष्ट्रपति चुनावमा झण्डै १ लाख नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् जसमध्ये झण्डै ३० हजारले अमेरिकी राष्ट्रपति चुनावमा पहिलोपटक मतदानका लागि योग्य रहेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार ८७,००० जना नेपालीहरूले अंगीकृत रुपमा अमेरिकाको नागरिकता प्राप्त गरेका छन् भने अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपालीहरुलाई समेत जोड्दा यो संख्या १ लाखको हाराहारीमा रहेको छ ।

एसियन अमेरिकन रिसर्च सेन्टरको तथ्यांक अनुशार पनि नेपाली अमेरिकन मतदाताको संख्या अमेरिकामा ९१ हजार ९ सय ९ रहेको छ । जसमध्ये २४ हजार ५ सय ६१ जना नर्थइस्टमा, १६ हजार ६ सय ४५ मिडवेष्टमा, ३१ हजार ९ सय ५३ जना साउथमा र १८ हजार ७ सय ५० जना वेष्टमा रहेका छन् ।

यसपटकको राष्ट्रपति चुनावको मतपत्र

कुल ८ वटा ब्याटलग्राउण्ड राज्यमा नेपाली मतदाताको संख्या १२ हजार ७ सय १६ रहेको एसियन अमेरिकन रिसर्च सेन्टरको तथ्यांकमा उल्लेख छ । ब्याटलग्राउण्ड राज्यहरुमा नेपाली अमेरिकनहरुको संख्या सबैभन्दा धेरै पेन्सिलभेनियामा ३८९० रहेको छ । यो संख्यामा नेपालीभाषी भुटानीहरुको संख्या जोडिएको छैन ।

सन् २०१४ सम्ममा २०,९२६ नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। त्यसपछिको दशकमा थप ६६,००० जना नेपालीहरू अमेरिकी नागरिक बने।  सन् २०१५ देखि २०२३ सम्ममा ५६,८६३ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२४ को संख्या समेत जोड्दा यो संख्या लगभग ६६,००० पुग्छ ।

यसरी अहिलेसम्म करिब ८७,००० नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरिसकेका छन्। सन् २०१४ देखि २०२४ सम्ममा नेपाली अमेरिकी जनसंख्यामा करिब ३१४ प्रतिशतको वृद्धि भएको छ, जुन झण्डै ४ गुणा हो।

न्युयोर्कको क्वीन्समा राखिएको बोर्ड

सन् २०२३ को आर्थिक वर्षमा ७,९३० नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२२ मा यो संख्या ९,४०८ थियो, भने सन् २०२१ मा ७,२३२ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। २०२१ देखि अमेरिकी नागरिकता प्राप्त गर्नेहरुले अमेरिकी राष्ट्रपति चुनावमा पहिलोपटक मतदान गर्न लागेका हुन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com