अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा भण्डारीको पुन उम्मेदवारी


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

नेपाली मुलका एक युवा एचबि भण्डारी ह्यारीले अमेरिकी राजनीतिमा डेमोक्रयाट पार्टीको तर्फबाट उमेदवार बनेका भएका छन् । भण्डारी डेमोक्रयाट पार्टीका तर्फबाट मेरिल्याण्ड राज्य अन्र्तगत डिष्ट्कि ८ को प्राइमरी उम्मेदवार बनेका हुन् ।

नेपालको पर्वतमा जन्मेका भण्डारीले मेरिल्याण्ड राज्यको प्रतिनिधि सभाको आगामी प्राइमरी चुनावको उम्मेदवार बनेको हुन् । डेमोक्रयाट पार्टीमा करिव दुई दशकदेखी अमेरिकी राजनीतिमा सक्रिय भण्डारी चुनावमा भिड्दैछन् ।

मेरिल्याण्ड राज्य अन्र्तगत डेमोक्रयाट् पार्टीका सिनेटरका उम्मेदवार क्याथी क्लास्मिर लगायतको टिमको समर्थन प्राप्त भएको भण्डारीले खसोखासलाई जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरिल्याण्डमा आयोजित फण्ड राइजिङ्घ कार्यक्रमलाई सम्बोधन गर्दै सिनेटर उम्मेदवार क्याथीले एशियन अमेरिकनहरु अमेरिकी राजनीतिमा सक्रिय हुनु आफैमा सुखद पक्ष रहेको उल्लेख गरिन् । क्याथीले भण्डारीमा रहेको क्षमता र दक्षता अमेरिकी राजनीति र समाजका लागि अपरिहार्य रहेको बताइन् ।

कार्यक्रममा मेरिल्याण्ड राज्यका डेलिगेष्ट इरिक व्रमवेल, सामाजिक अभियान्ता डा श्याम कार्की, अवैतानिक महावाणिज्यदुत प्रेमराजा महत, युएन युथका बिमन जोली अमात्य लगायतको उपस्थिति रहेको थियो ।

डिष्ट्कि ८ कन्जरभेटिभ डेमोक्रयाटहरुको बाहुल्यता रहेको स्थान हो । गत बर्ष भएको राष्ट्पति चुनावमा हिलारी क्लिण्टनले जितेकी थिइन् । डेमोक्रयाट पार्टीका उम्मेदवार बनेका भण्डारी हालै मेरिल्याण्ड राज्यबाट एशियन अमेरिकन अवार्डबाट समेत सम्मानित भएका छन् ।

अमेरिकी राजनितिमा सक्रिय भण्डारीले आफुलाई एशियन अमेरिकनहरुको पूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् । भण्डारीले खसोखाससँग भने, यो राजनीतिक यात्रा मेरो मात्रै होइन्, हामीले अमेरिकन राजनितीमा इन्ट्ी मारेका छौं ।

उनले आफ्नो चुनावी अभियानलाई सफल पारीदिन बिशेषगरी नेपाली समुदायलाई आग्रह समेत गरेका छन् । उनले आफु नेपाली समुदायको बृहत्तर हितमा सँधै लागि रहेको र लागि रहने प्रतिवद्धता जनाउँदै, आफुलाई यस चुनावी अभियानमा सहयोग गर्न आग्रह गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com