चीनका सबैभन्दा धनी व्यक्ति बने टिकटकका संस्थापक, देशमा अरबपतिहरूको संख्या भने घट्दै


प्रकाशित मिति : कार्तिक १४, २०८१ बुधबार

टिकटकका संस्थापक झाङ यिमिङ चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । टिकटकको मातृ कम्पनी बाइटडान्स स्थापना गरेका ४१ वर्षीय झाङ हालै सार्वजनिक गरिएको हुरुन चाइना रिच लिस्ट २०२४ मा शीर्ष स्थानमा रहेका छन्। झाङको सम्पत्ति ४९ दशमलव ३ बिलियन डलर पुगेको छ।

झाङको यो वृद्धि बाइटडान्सको विश्वव्यापी आम्दानी गत वर्ष ३० प्रतिशत बढेर ११० बिलियन डलर पुगेसँगै भएको हो। मे २०१७ मा टिकटकको आधिकारिक सुरुवात भएसँगै यो विश्वभरका युवाहरू माझ अत्यन्त लोकप्रिय बनेको छ । यसले अन्य चिनियाँ कम्पनीहरूलाई अमेरिकी र अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न प्रेरणा दिएको छ।

तर टिकटकले अहिले अमेरिकामा विभिन्न कानुनी चुनौतीहरूको सामना गरिरहेको छ, जहाँ टिकटकका करिब २० करोड प्रयोगकर्ता छन्। अमेरिकामा टिकटकले बालबालिकाको सुरक्षासँग सम्बन्धित राज्य र संघीय मुद्दाहरू पनि सामना गरिरहेको छ, जबकि बाइटडान्स र टिकटकले अमेरिकी परिचालनलाई अलग नगरे यसलाई राष्ट्रिय रूपमा प्रतिबन्ध लगाउने कानूनसँग संघर्ष गरिरहेको छ।

यो कानूनमा अप्रिलमा हस्ताक्षर गरिएको थियो, जुन टिकटकको चीनसँगको सम्बन्धले अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी जोखिममा पार्न सक्ने अमेरिकाले लगाएको आरोपपछि आएको हो। टिकटकले यी आरोपलाई अस्वीकार गर्दै आइरहेको छ, जबकि चीन अमेरिका प्रतिस्पर्धाले अमेरिकी राष्ट्रिय सुरक्षामा चिनियाँ प्रविधि कम्पनीहरूका बारेमा थप चिन्ता बढाएको छ। बालबालिकाको सुरक्षासम्बन्धी आरोपलाई पनि टिकटकले अस्वीकार गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्य देशहरूले पनि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकमाथि प्रतिबन्ध लगाएका छन्, जसमा भारतले टिकटकमा पूर्ण प्रतिबन्ध लगाएको छ भने ब्रिटेन, क्यानडा र अस्ट्रेलियाले सरकारी उपकरणहरूमा यसको प्रयोगलाई सीमित गरेका छन्।

यी कानुनी चुनौतीहरूले टिकटकको बढ्दो अन्तर्राष्ट्रिय लोकप्रियतालाई भने रोक्न सकेका छैनन्। झाङको स्वामित्वमा २० प्रतिशत बाइटडान्सको हिस्सेदारी छ, जुन उनले २०१२ मा आफ्ना कलेज साथी लियाङ रुबोसँग मिलेर बेइजिङमा स्थापना गरेका थिए। २०२१ मा उनले बाइटडान्सको सीईओ पदबाट राजीनामा दिए।

बाइटडान्ससँग चीनमा चर्चित समाचार एप टाउटिआओ र टिकटकको चीनीया संस्करण दाउइन् पनि छ। झाङको शीर्ष स्थानले तीन वर्षदेखि धनी व्यक्तिको पहिलो स्थानमा रहेका झोङ शानशानलाई दोस्रो स्थानमा झारेको छ। झोङलाई यस वर्षका शुरुवातमा राष्ट्रवाद समर्थकहरूले देशभक्तिको कमी भएको आरोप लगाएका थिए जसले उनको कम्पनीको शेयर मूल्यमा प्रभाव पारेको थियो।

तेस्रो स्थानमा रहेको टेन्सेन्टका संस्थापक पोनी माको कम्पनीसँग लोकप्रिय म्यासेजिङ र पेमेन्ट प्लेटफर्म वीच्याट छ। कुल रूपमा चीनमा अरबपतिहरूको संख्या घटेर ७५३ मा झरेको छ, जुन गत वर्षभन्दा १४२ ले घटेको हो।

२०२१ मा अरबपतिहरूको संख्या १,१८५ रहेको थियो । यो गिरावटलाई चीनको अर्थतन्त्र र शेयर बजारका लागि कठिन वर्षको संज्ञा दिइएको छ । चीनमा रियल इस्टेट संकट, उच्च स्थानीय सरकारी ऋण, र सुस्त उपभोक्ता खर्चका कारण विश्वव्यापी चिन्ता बढेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com