भारत भ्रमणमा मधेसी दलका यस्ता सुझाव


प्रकाशित मिति : भाद्र २५, २०७३ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको प्रमुख कार्यसूची आपसी हित र सम्बन्ध सुधार नै रहेको बताएका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले जनता र राष्ट्रको हितमा दिइने जुनसुकै सुझावलाई पनि आफूले गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने बताए । प्रधानमन्त्रीले भने “मुलुक र जनताको हितमा हुने र दिइने सुझावलाई सरकारले गम्भीरतापूर्वक लिन्छ र त्यसलाई कार्यान्वयन गरिन्छ ।”

पार्टीले नेपाल र भारतबीच चिसिएको सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडि पारिएका मधेसी युवालाई क्षमता विकास कार्यक्रम लागू गरी कार्यान्वयन गर्न, हुलाकी राजमार्ग, काठमाडौँ–तराई मधेस द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्गलगायत राष्ट्रिय महत्वका परियोजना तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक भेटघाटमा मात्र सीमित नभएर नेपालको हितमा हुनुपर्ने र यसले लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने विश्वास लिइएको बताए ।

दिल्ली त जाऊ, बिल्ली बनेर नफर्क

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुको कुनै औचित्य नहुने स्पष्ट पारेका छन् । अध्यक्ष यादवले धेरै नेताको लागि दिल्ली, सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै द्विपक्षीय सम्बन्धलाई त्यस्तो खेलमा समाहित गर्न नहुने बताए । यादवले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको कार्यतालिका सारेर भएपनि पहिले आन्तरिक मामिला हल गर्नुपर्ने बताएका छन् । उनले अघि भने, “मुलुकका बर्निङ् इस्युलाई सम्बोधन नगरी, लथालिंग छोडेर भ्रमणमा जाने रुचि नै गलत हो, यो प्रवृत्ति नै गलत छ ।”

तीन बुँदे कार्यान्वयनबारे

मोर्चासँग गरेको तीन बुँदे सहमतिमा अहिलेसम्म प्रवेश नै नगरेको आरोप समेत लगाए । संविधान संशोधन गर्ने नेपालको आन्तरिक मामिला भएकोले सो विषय नेपाल आँफैले टुँगो लगाउने कुरामा आफू विश्वस्त रहेको यादवले बताए । संविधान जारी भएयता नेपाल–भारतवीच दुरी बढेको उल्लेख गर्दै असन्तुष्ट पक्षहरुको मागलाई संवैधानिक ढंगले संशोधनमार्फत हल गर्नुपर्ने आवश्यकत्ता रहेको बताए ।

संविधान दिवस-कालो दिवस

यादवले संविधान कार्यान्वयनको लायक नै नभएकाले आफूहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेको स्प्ष्ट पारे । यादवले थपे, “मधेशीको लासमाथि टेकेर रगतको छिट्टाले पोतिएको संविधान बलजफ्ती जारी गरिएको हो, यसको हामी देशभरि विरोध गर्दछौं ।”यादवले भने, “गठबन्धन वा मोर्चासँग सहमति नगरिकन संशोधन गरियो भने हामी त्यसको घोर विरोध गर्छौ, समष्टिगत रुपमा समस्याको समाधान हुनुपर्छ, त्यसको लागि संविधान संशोधन गर्नुपर्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com