:: सन्दर्भ ११ सेप्टेम्बर :: ‘दिन नआउदासम्म केही नहुने रहेछ’ – शैलेश श्रेष्ठ


प्रकाशित मिति : भाद्र २६, २०७४ सोमबार

म त्यतीबेला जुम्ल्याहा भवनको १०६ र १०७ औं तलामा काम गर्थें । त्यहा“ रहेको विन्डोज अन द वल्र्ड रेष्टुरेन्टमा थियो मेरो जागिर । म सधै विहान ६ बजेदेखि नै काममा पुग्थें । तर सेप्टेम्बर ११ का दिनमा भने मेरो दिउसो तीनबजेदेखि साँझको काम परेको थियो । त्यसैले म विहानभर घरमै बसेको थिएं । मैले घरमा नै बसेर जुम्ल्याहा भवनमा आक्रमणको खबर थाहा पाए“ । आक्रमणको खबर थाहा पाएपछि म निकै आत्तिएँ । आक्रमणमा मसँगै काम गर्ने ३७ जना साथीहरुको मृत्यु भयो । संयोगबश त्यसदिन मेरो भाग्य बलियो भएकाले होला, त्यसदिन बेलुकीको काम परेकाले म बाँच्न सफल भएँ । नत्र अरु ३७ जनासँगै मेरो पनि त्यहीं दिन अन्तिम दिन हुने थियो । तर दिन नआउदासम्म केही पनि नहुने रहेछ ।

आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो जस्तो लाग्छ । तर मेरो भावनाले उनीहरुको ब्यापारलाई रोक्न सक्दैन । त्यो पनि मलाई थाहा छ । म मन बोल्छु र यो क्षण बोलिरहेको छु । तर मेरा सहकर्मी मित्रहरुको चिहानको आसपासमा धनको खोज र खेती हुन्छ । हामी भावना बोल्छौं तर उनीहरु ब्यापार गर्छन् । नेपाल या अमेरिकाको अन्य राज्यहरुबाट आफन्त या साथीसंगीहरु आउँदा उहाहरुको घुम्ने ठाउहरुको लिष्टमा प्रायजसो ग्राउण्ड जिरो अर्थात् पहिलोको वल्र्ड टे्रड सेन्टर पर्ने गर्छ । म निरन्तर बिलखबन्दमा पर्छु ।

खुलेर भन्न सक्दिन – ‘किन घुम्न जानु मेरा सहकर्मीहरुको चिहान ?’ मेरा साथी डाक्टर प्रदीप भट्टराईले सधै लेख्ने गर्छन् – ‘साथी बोनसको जीवन पाएका र बाचेका छौ । असल र अर्थपूर्ण काम गर है ।’ मेरी श्रीमति प्राय जसो सेप्टेम्बर ११ को मेमोरियल सेरेमोनीमा जान रुचाउदैनन् । उनी भन्ने गर्छिन् – ‘बुढा, तिमी मञ्चमा चढेर रुन्छौ मात्र । के हेर्नु पुरुषको आँशु ?’ आँशु आखिर आँशु नै हो । कहाँ रोकिदो रहेछ र ? जसको आँखाबाट वर्षिय पनि मन दुखेर या पग्लेर झर्ने आँशुको रंग शायद उस्तै हुन्छ होला ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com