नयाँ अध्यागमन कानुन बनाउने फ्रान्सको तयारी


प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ । सरकारका प्रवक्ता माउड ब्रेजनले आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको बताउनु भयो ।

प्रधानमन्त्री मिचेल बार्नियर प्रशासनले नयाँ विधेयक सन् २०२५ को सुरुमा संसद्मा पेश हुने आशा गरेको छ। फ्रान्सले महिनौँ लामो विवादपछि अध्यागमनसम्बन्धी कानुन पारित गरेको एक वर्ष नबित्दै ब्रेजनको यो घोषणा आएको हो ।

नयाँ प्रस्तावले तीन समूहमा विभाजित नेसनल एसेम्बलीको तल्लो सदनमा नयाँ तनावलाई बढावा दिइरहेको छ ।

बार्नियरका पूर्ववर्ती तथा हाल राष्ट्रपति इमानुएल म्याक्रोँको पुनर्जागरण पार्टीका संसदका नेता गेब्रियल अट्टलले सोमबार नयाँ कानून ‘पूर्ण प्राथमिकता’ जस्तो नदेखिएको बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेको प्राथमिकता भनेको फ्रान्समा प्रवेश गर्ने र बाहिरिनेलाई राज्यले वास्तवमै नियन्त्रण गर्न सक्ने गरी कार्य गर्नु भएको उहाँले बताउनु भयो ।

आप्रवासन नीति र सीमा नियन्त्रणलाई कडाइ गर्ने सरकारको योजना को परिणाम स्वरुप त्रिशंकु संसद बनेको छ ।

गत सेप्टेम्बरमा पेरिसकी एक छात्राको बलात्कार र हत्याको घटनाले मोरक्कोका एक व्यक्तिलाई संदिग्ध आक्रमणकारीको रूपमा किटान गरेपछि आप्रवासनसम्बन्धी फ्रान्सेली बहसलाई थप चर्काएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com