रिपब्लिकनले दावी गरेजस्तो साँच्चै कागजपत्रविहिनले अमेरिकाको निर्वाचनमा मतदान गर्न सक्छन्?


प्रकाशित मिति : आश्विन २७, २०८१ आईतबार

के रिपब्लिकनहरुले दावी गरेजस्तै कागजपत्रविहिन आप्रवासीहरूले साँच्चै अमेरिकाको निर्वाचनमा मतदान गर्न सक्छन् ? डोनाल्ड ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले बारम्बार यस्तो दाबी गर्दै आएका छन् कि डेमोक्र्याटहरूले कागजपत्रविहिन आप्रवासीहरूलाई मतदान गराउन योजना बनाइरहेका छन्।

धेरै कागजपत्रविहिन आप्रवासीहरूहरूलाई मतदान गराउने प्रयास गरिरहेका दाजी ट्रम्पले राष्ट्रपति उम्मेदबार कमला ह्यारिससँगको बहसमा समेत बताएका थिए । साथै सेप्टेम्बरको सुरुदेखि रिपब्लिकनहरूले फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेका १०० भन्दा बढी भुक्तानी गरिएका विज्ञापनहरूमा यो विषयलाई केन्द्रमा राखिएको पाइएको छ।

अमेरिकाको नागरिक नभएको व्यक्तिले राष्ट्रिय निर्वाचनमा मतदान गर्नु गैरकानुनी हो । अध्ययनहरूका अनुशार लेयस्ता घटनाहरू निकै दुर्लभ छन्। १९९६ को अवैध आप्रवासन सुधार र आप्रवासी उत्तरदायित्व ऐनले कागजपत्रविहिन आप्रवासीहरू लगायत गैर नागरिकहरूलाई संघीय चुनावमा मतदान गर्न निषेध गर्दछ। यो अपराधको सजायमा एक वर्ष जेल, जरिवाना, र सम्भावित रूपमा देशनिकाला सम्मको सजाय हुन सक्छ।

प्रत्येक राज्यले मतदाता नामावली दर्ता गर्दा एउटा साझा दर्ता फारम प्रयोग गर्न आवश्यक छ जसले मानिसहरूलाई उनीहरू अमेरिकी नागरिक भएको प्रमाणित गर्न माग गर्दछ । तर कागजी प्रमाण आवश्यक पर्दैन। गलत दाबीको लागि झुठा बयानको सजाय अन्तर्गत कारवाही हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतदानको लागि दर्ता गर्न नागरिक भएको बक्समा टिक लगाउनु अगाडिको पहिलो चरणले कागजपत्रविहिन आप्रवासीहरूलाई ठूलो अवरोध पुर्‍याउँछ । किनभने झुठ बोल्नु उनीहरुका लागि धेरै जोखिमपूर्ण छ ।

धेरै राज्यहरूमा युएससीआईएस, मृत्युदर्ता प्रमाणपत्र र हुलाक रेकर्डहरूको साथ मतदाता सूचीको क्रस चेक गरिन्छ । ताकि गैर नागरिकहरू, मृतक वा राज्य बाहिर बस्ने व्यक्तिहरू मतदाता सूचीमा दर्ता नहोउन् । मतदान केन्द्रहरूमा योग्य मतदाताहरूको मात्र सूची हुन्छ । यदि कुनै गैर नागरिक आएमा उनीहरूलाई फिर्ता पठाइन्छ वा तिनीहरूलाई अस्थायी मतपत्र दिइन्छ । जुन अस्थायी मतपत्र बुझाउनका लागि नागरिकताको प्रमाण प्रदान गर्नुपर्छ ।

गैर नागरिकहरूलाई अमेरिकामा राज्य व्यापी निर्वाचनमा मतदान गर्न अनुमति छैन। तर क्यालिफोर्निया, मेरिल्याण्ड, भर्मन्ट, र वाशिंगटन डीसीका केही नगरहरुले उनीहरूलाई विद्यालय बोर्डका लागि मतदान लगायत केही स्थानीय निर्वाचनहरूमा मतदान गर्न अनुमति दिएका छन्।

दुवै उदारवादी र दक्षिणपन्थी संस्थाहरूबाट आएका धेरै अध्ययनहरूले कागजपत्रविहिन आप्रवासीहरूले अमेरिकी संघीय चुनावमा मतदान गर्ने घटनाहरू निकै दुर्लभ भएको देखाउँछन्।

ब्रेनन सेन्टर फर जस्टिसको एक अध्ययनले १२ राज्यहरूमा २०१६ को चुनावमा काम गरेका ४४ निर्वाचन अधिकारीहरूलाई अन्तरवार्ता लिएको थियो। यसले ती राज्यहरूमा गनिएको साढे २३ मिलियन मतहरू मध्ये, गैर नागरिकहरूले मतदान गरेको शङ्कास्पद ३० घटनाहरूलाई थप अनुसन्धानको लागि सिफारिस गरेको थियो। त्यो सबै मतदान गरिएका मतहरूको करिब ० दशमलव ०००१ प्रतिशतमात्र हो।

१९९९ देखि २०२३ सम्म चुनावी धोखाधडीका घटनाहरू सङ्कलन गरिएको डाटाबेसको हेरिटेज फाउण्डेशनको एक विश्लेषणले गैर नागरिकहरूले मतदान गरेको ७७ घटनाहरू पत्ता लगाएको थियो। एक दक्षिणपन्थी थिंक ट्याङ्क क्याटो इन्स्टिच्युटले समेत गैरनागरिकहरूले चुनावमा अवैध रूपमा महत्वपूर्ण सङ्ख्यामा मतदान नगर्ने निष्कर्ष निकालेको थियो । तर यो शून्य भने होइन । केही व्यक्तिहरू विभिन्न कारणले प्रणालीबाट छुट्न सक्ने भएपनि कुनै चुनावको नतिजामा प्रभाव पार्ने स्तरमा भने छैन।

मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकता प्रमाणित गर्नुपर्ने रिपब्लिकन प्रस्तावलाई संसदले अस्वीकार गरेको थियो । रिपब्लिकन सांसदहरू अझै पनि नागरिकताका थप प्रमाणहरूको माग गरिरहेका छन्। उनीहरुले केही राज्यहरूमा मतदाता सूचीमा हजारौं गैर नागरिकहरू पत्ता लगाएका दावी गरेका छन् । उनीहरुले ओहायो, पेन्सिलभेनिया र जर्जियालाई उल्लेख गरेका छन् । यी तीन राज्यहरूमा ट्रम्प र कमला ह्यारिसबीचको दौड निकै नजिक देखिन्छ।

ओहायोमा राज्यका रिपब्लिकन अधिकारीहरूको अनुरोधमा गरिएको समीक्षा अनुसार करिब आठ मिलियन दर्ता भएका मतदाताहरू मध्ये गैरनागरिकहरूले मतदाता नामावलीमा दर्ता गरेको ५९७ घटनाहरूलाई थप समीक्षा र सम्भावित अभियोजनको लागि सिफारिस गरिएको थियो ।

पेन्सिलभेनियामा राज्यका ड्राइभर लाइसेन्स केन्द्रहरूमा रहेको विद्युतीय टचस्क्रिनहरूको गडबडीले गैर नागरिकहरूलाई मतदान दर्ता गर्ने विकल्प गलत रूपमा देखाएको थियो, जसले नयाँ वा अद्यावधिक इजाजतपत्रहरू लिँदा यस्तो देखाएको थियो । यो गडबडी २००६ देखि २०१७ सम्म प्रणालीमा थियो तर त्यसयता समाधान गरिएको छ।

२०१७ मा पेन्सिलभेनियाका राज्य निर्वाचन अधिकारीहरूले २००० पछि भएका चुनावहरूमा गैर नागरिक आप्रवासीहरूले ९३ मिलियन मतहरू मध्ये ५४४ मत अवैध रूपमा मतदान गरेको सम्भावना रहेको बताएका थिए। जर्जियामा २०२२ मा मतदाता सूचिको समीक्षा गर्दा करिब सात मिलियन दर्ता भएका मतदाताहरू मध्ये नागरिकता प्रमाणित नभएका १,६३४ जनाले मतदान गर्न दर्ता गर्न प्रयास गरेका थिए ।

सेप्टेम्बर १ पछि रिपब्लिकन उम्मेदवारहरू वा रिपब्लिकन राजनीतिक समूहहरूले फेसबुक र इन्स्टाग्राममा गैर नागरिकहरूको व्यापक मतदाता दर्ताको दाबी गर्ने ११८ भुक्तानी गरिएका विज्ञापनहरू संचालन गरेको बीबीसीले पत्ता लगाएको थियो । ती विज्ञापनहरू ९ मिलियन पटकसम्म देखाइएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com