रोहिंज्यामाथिको हमला जातीय सफाया: राष्ट्रसंघ


प्रकाशित मिति : भाद्र २६, २०७४ सोमबार

राष्ट्रसंघको मानव अधिकार परिषदसमक्ष बोल्दै राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद राद अल हुसेनले म्यानमारमा मुसलमान रोहिंज्यामाथि भएका हमला जातीय सफाया जस्तै भएको बताएका छन्।

राष्ट्रसंघका अनुसन्धानकर्ताहरुलाई उक्त क्षेत्रमा जान रोकिएकोले त्यहाँको वास्तविक अवस्थाबारे यथार्थ तथ्य बताउन नसकिने उनले बताए।

रोहिंज्या संकटमा मोदीको हिन्दु कार्ड!

रोहिंज्या रोक्न नेपालद्वारा सीमामा कडाइ

तर त्यहाँको स्थिति जातीय सफाया झैं देखिएको उनले उल्लेख गरेका छन्।

यसअघि दलाई लामाले रोहिंज्या मुसलमानहरुको बहिर्गमनबारे बोल्दै तिनलाई बुद्धले मद्दत गर्ने थिए भन्ने टिप्पणी गरेका छन्।

विगतमा उनले म्यानमारकी नेतृ आङ्ग सान सूचीलाई रोहिंज्याविरुद्धको निरन्तर हिंसा रोक्न कदम चाल्न आह्वान गरेका थिए।

गत महिनाको अन्ततिर शुरु भएको हिंसाका घटना यता हालसम्म करिब ३ लाख रोहिंज्या शरणार्थी भागेर छिमेकी बांग्लादेश पुगेका छन्।

Source : BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com