टेनिस स्टार राफाल नाडालबाट सन्यासको घोषणा


प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार

टेनिस स्टार राफाल नाडालले नोभेम्बरमा स्पेनको मालागामा हुने डेभिस कप फाइनलपछि व्यावसायिक टेनिसबाट सन्यास लिने पुष्टि गरेका छन् । ३८ बर्षीय नाडालले बिहिबार भिडियो जारी गर्दै सन्यासको घोषणा गरेका हुन् ।

यो एक कठिन निर्णय भएको र यो निर्णय गर्न आफूलाई केहि समय लागेको उनले बताएका छन् । उनले भनेका छन् – ‘तर यो जीवनमा सबै कुराको सुरुवात र अन्त्य हुन्छ।’

नाडालले सेभिलमा भएको च्यालेन्जर टूर्नामेन्टमा १५ वर्षको उमेरमा आफ्नो पहिलो व्यावसायिक खेल जितेका थिए । उनले १४ फ्रेन्च ओपन सहित २२ ग्रान्ड स्लाम उपाधि जिते । सन् २००८ मा उनले रोजर फेडेररको टाइटल समेत तोडेका थिए । फेडेररले सन् २०२२ मा ४१ वर्षको उमेरमा सन्यास लिएका थिए ।

सन् २००८ को विम्बल्डन फाइनललाई नियमित रूपमा अहिलेसम्मकै उत्कृष्ट खेलको रूपमा राखिएको छ । सन् २०१२ मा नाडाल र जोकोभिचको ५ घण्टा ५३ मिनेटको अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिचले पाँच सेटमा जित हासिल गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै म्याड्रिडमा २००९ सेमिफाइनल नाडालले तीन सेटमा जीत हासिल गरेका थिए । यी दुईसँगै नाडालले टेनिसबाट सबै समयका महान् पुरुष खेलाडीका रूपमा परिचय बनाएका छन् ।

नाडालले आफ्नो अन्तिम ग्रान्ड स्लाम उपाधि २०२२ को फ्रेन्च ओपनमा जितेका थिए । उनले बायाँ खुट्टालाई सुई लगाएर अचेत बनाएपछि एक खुट्टामा खेलेका थिए । त्यसपछि २०२२ को विम्बल्डनमा उनको पेटमा चोट लागेको थियो ।

२०२३ अस्ट्रेलियन ओपनमा उनलाई अर्को चोट लाग्यो। उनको अन्तिम एकल उपस्थिति २०२४ को पेरिस ओलम्पिकमा थियो, जहाँ उनी ओलम्पिक स्वर्ण जित्ने जोकोभिचसँग एकतर्फी सीधा सेटमा हारेका थिए। नाडालले २००८ बेइजिङ ओलम्पिकमा आफ्नै एकल स्वर्ण पदक जितेका थिए।

नाडालको सन्यासको घोषणालाई ठूलो आश्चर्यको रुपमा हेरिएको छैन तर पनि यसले तरंग भने ल्याएको छ । नाडाल बिनाको पुरुष टेनिस धेरैका लागि रोचक नलाग्न सक्छ । लगभग २० वर्षदेखि उनी खेलकुद भित्र प्रभावशाली अद्वितीय व्यक्तित्व भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com