मिल्टन आँधीले फ्लोरिडाभर विनाश, ३० लाख घर बिजुलीविहीन, १८ इन्चसम्म बर्षा


प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार

A vehicule is stranded on a water-flooded street after Hurricane Milton made landfall in Brandon, Florida on October 9, 2024. Milton made landfall in Florida October 9, 2024 as an “extremely dangerous” Category 3 hurricane, packing life-threatening storm surge, extreme winds and flash flooding, the National Hurricane Center (NHC) said. “Data indicate the eye of Hurricane Milton has made landfall near Siesta Key in Sarasota County along the west coast of Florida,” the NHC said in an 8:30 pm (0030 GMT Thursday) bulletin. (Photo by Miguel J. Rodriguez Carrillo / AFP)

मिल्टन आँधीले फ्लोरिडाभर विनाश निम्त्याएको छ । आँधीका कारण तीस लाख भन्दा बढी घर र व्यवसायहरूमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । कैयन घरहरू ध्वस्त भएका छन् भने तम्पा बे रेजको स्टेडियमको छाना ध्वस्त भएको छ । केहीको मृत्यु समेत भएको बताइएको छ ।

फ्लोरिडाका अधिकारीहरूले आज क्षतिको मूल्याङ्कन गर्नेछन् किनभने मिल्टन आँधी राज्य भरि फैलिएकाले यसले विभिन्न क्षेत्रमा क्षति बनाएको छ । नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टनले बुधबार राति फ्लोरिडाको सिएस्टा की नजिकै ल्यान्डफल गराएको थियो । तेश्रो श्रेणीको खतरनाक आँधी पछि पहिलो श्रेणीमा झरेर कमजोर भएको थियो ।

(एपी फोटो/जुलियो कोर्टेज)

आँधीले तम्पा बे क्षेत्रमा १८ इन्चसम्म वर्षा गराएको छ भने सेन्ट पिटर्सबर्ग, सारासोटा, भेनिस र अन्य क्षेत्रमा बाढी ल्याएको छ। फ्लोरिडाको अधिकांश भागमा संकटकाल लागु गरिएको छ । धेरै खतरनाक अवस्था आएपछि धेरै काउन्टीहरूले आपतकालीन सेवाहरू निलम्बित गरेका थिए ।

फ्लोरिडामा दुई हप्तामा दुईवटा घातक आँधी आएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनले महासागरहरूलाई तताउने भएकाले सामान्य आँधीहरू बारम्बार हरिकेनमा परिणत भइरहेका छन्। उष्णकटिबंधीय आँधीहरू समुद्री तातो छालहरूमा बलियो तूफानमा परिणत हुने सम्भावना धेरै हुने विज्ञहरुको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आँधीबाट फ्लोरिडामा रहेका नेपालीहरु पनि प्रभावित भएका छन् । कैयनले आफूहरुका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको बताएका छन् । फ्लोरिडा हजारौं नेपालीहरुको समेत घर हो । सन् २०२० को जनगणना अनुशार फ्लोरिडामा २५४७ जना नेपालीहरु बस्दै आएका छन् । तर विभिन्न तथ्यांकहरु हेर्दा जनगणनामा देखिएको यो संख्या वास्तविक संख्या भन्दा कम हो । कोरोना महामारीको समयमा पनि फ्लोरिडामा बसाई सराई गर्ने नेपालीहरुको संख्या उल्लेख्य थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com