कुम्भकर्ण हिमाल आरोहणको क्रममा अमेरिकी आरोही माइकल गार्डनरको निधन


प्रकाशित मिति : आश्विन २३, २०८१ बुधबार

नेपालको कुम्भकर्ण हिमाल आरोहणको क्रममा अमेरिकी स्की अल्पिनिस्ट ३३ बर्षीय माइकल गार्डनरको निधन भएको छ । ७ हजार ७ सय १० मिटर उचाईको कुम्भकर्ण हिमाल आरोहणका क्रममा गार्डनरको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतले गार्डनर बेपत्ता भएको पुष्टी गरेका छन् । प्रहरीका अनुशार ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिमार्फत् गार्डनर हिमाल आरोहणका लागि आएका थिए । यो हिमाल फक्ताङलुङ गाउँपालिका ६ मा पर्छ ।

अक्टोबर ६ घुन्सामा बसेर उनी बेसक्याम्प तर्फ गएका थिए । अक्टोबर ९ मा हिमाल आरोहणका क्रममा हावाको बेगले हानेर उनी बेपत्ता भएको र खोजिका लागि घुन्साबाट प्रहरी समेत परिचालन गरिएको बस्नेतले जानकारी दिएका छन् । उनको शव अहिलेसम्म फेला परेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माइक गार्डनर अमेरिकाको आइदायो निवासी दोस्रो पीढीका पर्वतारोही हुन् । उनले आफूलाई आरोही र स्की गर्ने व्यक्तिका रुपमा चिनाउदै आएपनि सबैभन्दा बढी स्केटबोर्डरको रूपमा वर्णन गर्दै आएका थिए ।

विश्वव्यापी डिजाइन कम्पनी आर्कटेरिक्सले गार्डनरको निधन भएको बताएको छ । कम्पनीले आफ्नो इन्स्टाग्राम पोष्टमा माइकल गार्डनरको यस हप्ताको सुरुमा नेपालको कुम्भकर्ण हिमाल आरोहण गर्ने क्रममा निधन भएको उल्लेख गर्दै दुःख व्यक्त गरेको छ । माइक हिमालमा आफ्ना लामो समयदेखिका साझेदार साम हेनेसीसँग रहेको र हेनेसी भने सुरक्षित भएको कम्पनीले जनाएको छ ।

कोलोराडोको रिजवेमा जन्मेका उनले आफ्नो बाल्यकाल आफ्नो बुबालाई टेटोन्सबाट नेपालसमम पछ्याउँदै बिताएको र उनले १६ वर्षको हुँदा आरोहण दुर्घटनामा आफ्नो बुबा गुमाएको आर्कटेरिक्सले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com