शियाटलबाट उडेको टर्किश एयरलाइन्सको विमानका पाइलटको मृत्यु, न्युयोर्कमा आपतकालीन अवतरण


प्रकाशित मिति : आश्विन २३, २०८१ बुधबार

photograph white and red airplane wing

अमेरिकाको शियाटलबाट इस्तानबुल जाँदै गरेको टर्किश एयरलाइन्सको विमान न्युयोर्कमा आपतकालीन अवतरण गरेको छ । पाइलटको मृत्यु पछि बुधबार उक्त विमानको आपतकालिन अवतरण गरिएको उक्त एयरलाइन्सका प्रवक्ताले बताएका छन् ।

५९ वर्षका पाइलट लेहिन पेह्लिभान विमान सियाटलबाट मंगलबार राति उडेको केही समयपछि बेहोस भएका थिए । त्यसपछि टीके २०४ विमान न्युयोर्कमा अवतरण गर्नुपरेको थियो ।

पाइलटको मृत्युपछि चालक दलका सदस्यहरूले आपतकालीन अवतरण गर्ने निर्णय गरेका थिए । पाइलटलाई पुनर्जीवित गर्ने प्रयास गरेपछि विमान अवतरण गर्नु अघि नै उनको मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एयरबस ए ३५० विमान जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजे अघि अवतरण भएको थियो। यात्रुलाई न्युयोर्कबाट आफ्नो गन्तव्यमा पुर्‍याउनको लागि व्यवस्था भइरहेको एयरलाइन्सका प्रवक्ताले बताएका छन् ।

पाइलट पेह्लिभान २००७ देखि टर्किश एयरलाइन्समा काम गर्दै आएका थिए । मार्चमा गरिएको नियमित स्वास्थ्य परीक्षणले उनलाई काम गर्न रोक्ने कुनै स्वास्थ्य समस्या देखिएको थिएन ।

टर्किश एयरलाइन्सको तर्फबाट क्याप्टेनको मृत्युप्रति गहिरो दुःख व्यक्त गरिएको छ । साथै उनको शोकाकुल परिवार, सहकर्मीहरू र सबै प्रियजनप्रति समवेदना व्यक्त गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com