ट्रम्प राष्ट्रपति बने पनि नाटोले युक्रेनलाई गर्ने सहयोगमा असर नपुग्ने रुटको भनाई


प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार

नाटोका नयाँ प्रमुख मार्क रुटले युक्रेनलाई समर्थन जारी राख्ने वाचा गर्नुभएको छ ।

रुसले युक्रेनमा युद्ध जारी राखेको, चीनले आफ्नो बढ्दो शक्ति प्रदर्शन गरिरहेको र अमेरिकी मतदाताहरूले नयाँ नेता चुन्न लागेको महत्त्वपूर्ण क्षणमा पूर्व डच प्रधानमन्त्री रुटले नाटो प्रमुखको भूमिका लिनुभएको छ ।

नाटोको ब्रसेल्स मुख्यालयमा नर्वेका जेन्स स्टोल्टेनबर्गबाट औपचारिक रूपमा महासचिवको पदभार ग्रहण गर्दै रुटले भन्नुभयो, म नाटोलाई भविष्यको चुनौतीहरूका लागि तयार पार्न प्रतिबद्ध छु ।

नोभेम्बर ५ मा हुने अमेरिकी मतदानको परिणाम ५७ वर्षीय स्पष्टवादी नेता रुटका लागि पहिलो ठूलो परीक्षा हुनेछ । यसले उहाँको प्रारम्भिक चार वर्षे कार्यकाललाई आकार दिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चुनाव प्रचारका क्रममा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पर्याप्त रक्षा खर्च नगर्ने नाटो सदस्यहरूको रक्षा नगर्ने धम्की दिनुभएको छ । युक्रेनमा युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै सम्झौता गर्ने वाचा गर्नुभएको छ ।

अमेरिकाको कट्टर सहयोगी र युक्रेनको दृढ समर्थक अनुभवी डच राजनीतिज्ञ रुटलाई नाटोका ३२ मुलुकले चयन गरेका छन् ।

उहाँले किएभलाई समर्थन र रुसविरुद्ध गठबन्धनको आफ्नै रक्षा सृदृढ गर्ने प्रयासहरूलाई निरन्तरता दिनुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com