अमेरिका, बेलायत र युरोपेली संघद्धारा लेबनान र गाजामा अस्थायी युद्धविरामको लागि आह्वान


प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार

US President Joe Biden addresses the Canadian Parliament in Ottawa, Canada, on March 24, 2023. (Photo by Mandel NGAN / POOL / AFP)

अमेरिका, बेलायत र युरोपेली संघसहितका सहयोगीहरूले लेबनानमा अस्थायी युद्धविरामको आह्वान गरेका छन् । १२ राष्ट्रको समूहले कूटनीतिक समाधानतर्फ मार्ग प्रशस्त गर्न तत्काल २१ दिने युद्धविराम प्रस्ताव गरेको छ ।

गाजामा पनि युद्धविरामको माग गरिएको छ। इजरायल र हिजबुल्लाहबीचको झडपपछि लेबनानमा युद्धविरामको लागि अमेरिका सहितका सहयोगीहरुले आव्हान गरेका हुन ।

साझा वक्तव्यमा, उनीहरूले यी झडपहरू सहन नसकिने खालका भएको र यसले क्षेत्रीय संघर्षलाई बढाउने जोखिम रहेको बताएका छन । यो जोखिम इजरायल र लेबनानका लागि हितकारी नहुने उनीहरुको भनाई छ ।

इजरायली सेनाका प्रमुखले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा हवाई आक्रमण गरिरहेका सैनिकहरूलाई स्थलगत हमलाको लागि तयारी गर्न निर्देशन दिएपछि यो बक्तव्य आएको हो। लेबनानमा भूसैनिक आक्रमण गर्ने इजरायलले तयारी गरेको देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त वक्तव्यमा अमेरिकासहित अस्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले हस्ताक्षर गरेका छन । न्यूयोर्कमा भएको संयुक्त राष्ट्र महासभाको बैठकपछि यो वक्तव्य जारी गरिएको थियो।

अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले जारी गरेको अर्को संयुक्त वक्तव्यमा नागरिकहरूलाई आफ्नो घर फर्किन सक्ने सुरक्षा र सुरक्षाको वातावरण निर्माण गर्न युद्धविरामको माग गर्नुभएको थियो ।

राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा पत्रकारहरूसँग छोटकरीमा कुरा गर्दै यो युद्ध फैलिनु हुदैन भन्नेमा युरोप र अरब राष्ट्रहरूको महत्त्वपूर्ण समर्थन रहेको बताउनु भयो ।

यसअघि, संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले तत्काल युद्धविरामको आह्वान गर्नुभएको थियो ।

लेबनानका प्रधानमन्त्री नजीब मिकातीले आफ्नो देशले इजरायली सेनाको क्रुर कार्यका कारण सार्वभौमिकता र मानवअधिकारको उल्लङ्घन भोगिरहेको बताउनु भयो ।

उहाँले संयुक्त राष्ट्रको बैठकबाट इजरायलमाथि युद्धविरामको लागि दबाब दिने र गम्भीर समाधान सहित फर्किने आशा गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बिहीबार न्यूयोर्क पुग्ने र महासभामा अर्को बिहान सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com