मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो


प्रकाशित मिति : भाद्र २४, २०७४ शनिबार

चैपास (मेक्सिको), २४ भदौ । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ ।

दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन ।

बिहीबार राती राजधानी मेक्सिको सिटीका नागरिकहरु भूकम्पको बेला घरहरुबाट बाहिर भागेर खुल्ला सडकमा पुग्न सफल भएका थिए ।

मेक्सिकोमा रहेको चिनियाँ दुतावासले अहिलेसम्म मृत्यु भएकाहरु मध्ये चिनियाँ नागरिक नपरेको जनाएको छ ।

एक जना स्थानीयले भन्नुभयो, “भूकम्प गएको बेला मैले बेलुकाको खाना खाईरहेको थिए । म तत्काल घर बाहिर दौडिएँ, त्यहाँ सडकमा एक सय भन्दा बढी मानिस आईसकेका थिए । ती मध्ये अधिकांश रात्री पोशाकमा रहेका थिए ।”

उहाँले थप्नुभयो, भूकम्प गएको २० मिनेटमा विद्युत सेवा अवरुद्ध भयो, अधिकांशले आफ्ना कार खुल्ला ठाँउमा रोकेका थिए, रातभरी उनीहरु त्यसैमा सुते ।

भूकम्पले १२ वटा राज्यका झण्डै ५ करोड जनता प्रभावित भएका छन भने ३६ वटा शव क्षतविक्षत अवस्थामा भेटिएको छ ।

मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले शुक्रबार राती टेलिभिजन सम्बोधनमा ६१ जनाको मृत्यु भएको बताउनु भएको छ ।

मृत्यु भएका मध्ये ४५ जना ओक्साका राज्य, १२ जना चिआपास र चार जना ताबास्को राज्यका रहेका जनाइएको छ ।

मेक्सिकोमा केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घर भत्किएका छन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com