एप्पलद्वारा एआईको लागि डिजाइन गरिएको आईफोन १६ का मोडलहरु सार्वजनिक


प्रकाशित मिति : भाद्र २४, २०८१ सोमबार

एप्पलले सोमबार आफ्नो वार्षिक कार्यक्रममा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको लागि निर्मित पहिलो एप्पल स्मार्टफोन आईफोन १६ अनावरण गरेको छ ।
च्याट जीपीटीजस्तै जेनेरेटिभ एआईले भाषा प्रम्प्टहरूमा आधारित टेक्स्ट र तस्वीरहरु सिर्जना गर्दछ। एप्पलले आईफोन ग्राहकहरूलाई पहिले नै घोषणा गरेको एप्पल इन्टेलिजेन्स सफ्टवेयर नयाँ उपकरणमा कस्तो देखिन्छ भनेर देखाएको छ ।

एप्पलले लगानीकर्ताहरूलाई एआईको दौडमा पछाडि नपरेको विश्वास दिलाउन चाहेको देखिएको छ । यसले ग्राहकहरूलाई उनीहरूको फोन अपग्रेड गर्नको लागि प्रेरक कारण प्रदान गर्न खोजेको छ । एप्पलले एप्पल वाचमा अपडेटहरू पनि घोषणा गरेको छ भने नयाँ एयरपडहरू अनावरण गरेको छ । जसमा श्रवण सहायता सुविधा रहेको छ ।

आईफोन १६ प्रो लाइन गत वर्षका मोडेलहरू भन्दा शुन्य दशमलव २ इन्चले ठूलो रहेको छ भने १६ प्रो ६ दशमलव ३ इन्चको र प्रो म्याक्स १६ दशमलव ९ इन्चको रहेको छ । जसले प्रयोगकर्ताहरूलाई डिस्प्लेमा थप हेर्न र गर्न अनुमति दिन्छ। अहिलेसम्मको सबैभन्दा पातलो बोर्डर समावेश गरिएको छ भने विगतका कुनै पनि आईफोनको तुलनामा ब्याट्री सबैभन्दा लामो समयसम्म चल्नेछ । यो सेतो टाइटेनियम, गाढा टाइटेनियम, प्राकृतिक टाइटेनियम र खैरो रंगको डेजर्ट टाइटेनियममा उपलब्ध छ । आईफोन १६ प्रोको मूल्य ९९९ डलरबाट र प्रो म्याक्सको मूल्य ११९९ डलरबाट सुरु हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै आईफोन १६ मा अद्यावधिक गरिएको क्यामेरासहित एउटा नयाँ साइड बटन समेत रहेको छ जसबाट तपाईंले एक हातले फोटो र भिडियोहरू खिच्न सक्नुहुनेछ ।
नयाँ आईफोन १६ को मूल्य ७९९ डलरमा सुरु हुनेछ भने आईफोन १६ प्लसको मूल्य ८९९ डलरबाट सुरु हुनेछ ।

एप्पलले घोषणा गरेको आईफोन १६ र १६ प्लसमा रिडिजाइन गरिएको क्यामेरा रहेको छ भने नयाँ क्यामेरा कन्ट्रोल बटन रहेको छ । पहिले प्रो मोडेलहरूमा मात्र पाइने एक्सन बटन पनि यसमा समावेश छ । फोनहरू नयाँ ईआई सुविधाहरूका लागि डिजाइन गरिएको एप्पलले जनाएको छ ।

आईफोन १६ मा ६ दशमलव १ इन्चको डिस्प्ले रहेको छ भने १६ प्लसमा ले ६ दशमलव ७ इन्चको डिस्प्ले रहेको छ । दुबै फोनहरु २ हजारसम्म अधिकतम ब्राइटनेस गर्न सक्षम छन्। फोनमा सिरेमिक शिल्ड डिस्प्ले पनि छ जुन विगतको भन्दा ५० प्रतिशत बढी कडा रहेको जनाइएको छ । यद्यपी सुरक्षाका लागि स्क्रिन प्रोटेक्टर लगाउन सकिनेछ । आईफोन १६ र १६ प्लस एप्पलको नवीनतम ए १८ चिपद्वारा संचालित छन्, जसले धेरै ब्याट्री बचाउँन्छ । यसपटक गत वर्षको प्रोसेसर भन्दा ३० प्रतिशतसम्म छिटो प्रोसेसर हालिएको छ ।

दुबै नयाँ आईफोनहरूमा क्यामेरा कन्ट्रोल बटन छ जसले फोटो खिच्न वा भिडियो खिच्नको लागि द्रुत रूपमा क्यामेरा सुरू गर्न सक्छ। लाइट प्रेसले जुम नियन्त्रणहरू ल्याउँछ । जुम इन वा आउट गर्न बायाँबाट दायाँ स्वाइप गर्नुपर्छ । बटन क्लिक गरेर होल्ड गर्नाले भिजुअल इन्टेलिजेन्स सुविधा सक्षम हुनेछ । गुगल लेन्समा जस्तै भिजुअल खोजले क्यामेराले देखाएको कुराको बारेमा वास्तविक जानकारी प्राप्त गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com