निर्वासित चिनियाँ अर्बपतिद्वारा शरणको खोजी


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

न्युयोर्कमा बस्दै आएका एकजना निर्वासित चिनियाँ अर्बपति घर जग्गा कारोबारीले अमेरिकामा राजनीतिक शरणका लागि अपील गरेको उनका कानून व्यवसायीले बताएका छन्।

ग्व वेङवेले चिनियाँ अधिकारीहरु भ्रष्ट भएको आरोप लगाएका थिए।

उनले आफूलाई चिनियाँ शासकहरुको राजनीतिक विपक्षीका रुपमा ठानेको उनका वकिल टमस र्‍यागलण्डले बीबीसीलाई बताएका छन्।

बेइजिङले ग्वलाई गिरफ्तार गर्न भनेको थियो तर उनीविरुद्ध लगाइएका अभियोगहरु अझै स्पष्ट भइसकेका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले ५० वर्षे ग्वले एकजना उपमन्त्रीलाई घुस दिएको आरोप लगाएका छन् तर उनले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

“उनले आफूले राखेका धारणा र प्रकाशमा ल्याएका कुराहरुलाई लिएर चिनियाँ सत्ताले प्रतिशोध साँध्ने चिन्ता लिइरहेका छन्,” ग्वका वकिलले भनेका छन्।

आरोप

सन् २०१४ मा चीन छाडेका उनले श्रृंखलावद्ध ट्वीटहरु गर्दै सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका थिए।

त्यसमध्ये बेइजिंगलाई भ्रष्टाचारविरुद्धको लडाइँमा साथ दिइरहेका भनिएका वाङ चीसान पनि छन्।

उनले कम्युनिष्ट पार्टीको प्रत्येक पाँच वर्षमा हुने महाधिवेशनको समय पारेर ‘राज्यको गोपनीयता’ सार्वजनिक गरिदिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन अक्टोबर १८ तारिखमा शुरु हुँदैछ।

आफ्नो दावीबारे ग्वले हालसम्म ठोस प्रमाण प्रस्तुत नगरेको भएपनि उनले गरेका आलोचनालाई लिएर बेइजिङ रिसाएको देखिन्छ।

एप्रिल महिनामा चिनियाँ सरकारले इन्टरपोलमार्फत ग्वको गिरफ्तारीका लागि ‘रेड नोटिस’ जारी गरेको थियो।

चिनियाँ अधिकारीहरुले उनीविरुद्ध अपहरण, ठगी, सम्पत्ति शुद्धीकरणसहित १९ वटा अपराधका लागि छानबिन गरिरहेको एपी समाचार संस्थाले जनाएको छ।

अघिल्लो महिना चिनियाँ प्रहरीले बलात्कारको आरोपमा ग्वविरुद्ध अनुसन्धान थालेको बताइन्छ।

गएको एप्रिलमा चिनियाँ सञ्चारमाध्यमहरुले ग्वले एकजना उपमन्त्री मा जियानलाई ६ करोड युआन घुस दिएको उल्लेख गरेका थिए।

घुस

त्यसयता मा गिरफ्तार गरिएका छन् र भ्रष्टाचारको अभियोग खेपिरहेका छन्।

ग्वले ती आरोप अस्वीकार गर्दै आफूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी राजनीतिक रुपमा पूर्वाग्रही रहेको जनाएको छ।

शरणका लागि आवेदन दिएका ग्व पर्यटकीय प्रवेशज्ञामा अमेरिका पुगेका हुन् जसको म्याद यसै वर्षको अन्त्यतिर सकिदैँछ।

उनका वकिलले शरण माग्दै दिइएको पछिल्लो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उनले अमेरिकामा नै बस्न पाउने जनाएका छन्।

रोयटर्स समाचार संस्थाका अनुसार शरणार्थी हैसियत माग गर्दै दर्ता गरिएका निवेदन किनारा लाग्न दुईदेखि तीन वर्ष लाग्ने गर्छ।

अमेरिकामा मै पनि कैयौं चिनियाँ व्यक्ति र कम्पनीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन्।

ग्वले अब आफू चीनको नागरिक नरहेको बताउने गरेका छन्।

एघारवटा राहदानी

गएको एप्रिलमा उनले भोइस अफ अमेरिकाको चिनियाँ भाषा सेवालाई दिएको अन्तरवार्तामा आफूसँग ११ वटा देशको राहदानी रहेको बताएका थिए।

तर आफ्नो प्रवेशाज्ञाको म्याद समाप्त भएपछि उनी अमेरिका छाडेर अन्य देश किन जान चाहँदैनन् भन्ने प्रस्ट भइसकेको छैन्।

र्‍यागलण्डले ‘गोपनीयता’को कारण देखाउँदै यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरे।

उनले भने, “उनी वैधानिक राहदानी र भिसासहित यहाँ छन् र त्यसभन्दा बाहिर गएर म राहदानीको विषयमा छलफल गर्न चाहन्न।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com