‘मेक्सिको भूकम्पको झट्का एक मिनेटसम्म’


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।

युएस जीओलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चीममा रहेको र गहिराई ७० किलोमिटर रहेको जनाएको छ।

भूकम्प लगत्तै मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ।

भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धक्का

भूकम्प

त्यहाँका भवनहरु हल्लिएका थिए भने मानिसहरु अत्तालिएर सडकमा निस्किएका थिए।

मेक्सिको सिटीमा एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको विवरणहरुमा जनाइएको छ।

उक्त शहर डुल्न आएका एकजना पयर्टकले रोयर्टस समाचार संस्थासँग भने, “मैलै यति लामो समयसम्म धर्ती हल्लिएको कहिल्यै पनि महसुस गरेको थिइनँ।”

मेक्सिकोमा शक्तिशाली भूकम्प

राजधानीका केही भागमा विद्युत् आपूर्ति बन्द भएको छ।

यसअघि सन् १९९५ र १९८५ मा मेक्सिकोमा भूकम्प गएका थिए।

क्षति

सन् १९८५ को भूकम्पको केन्द्रविन्दु मेक्सिको सिटी नजिकै रहेको थियो र त्यसका कारण हजारौंले ज्यान गुमाएका थिए।

भूकम्प

पछिल्लो भूकम्पलाई तीस वर्ष यताकै सबैभन्दा शक्तिशाली भनिएको छ।

पछिल्लो भूकम्पसँगै कम्तीमा ४ वटा ५ दशमलव २ देखि ५ दशमलव ७ मेग्निच्युडका चारवटा परकम्प महसुस गरिएको छ।

भूकम्पका कारण कम्तीमा दुईजनाको मृत्यु भएको मेक्सिकोका आन्तरिक मामिला मन्त्रीले जनाएका छन्।

अमेरिकाको पश्चिमी तटमा भने सुनामीको चेतावनी दिइएको छैन।

मेक्सिकोको पूर्वी तटीय क्षेत्रमा आँधीको चेतावनी दिइएको समयमा पछिल्लो भूकम्प गएको हो।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com