‘मैले एनआरएनका लागि गरेको मिहिनेत र सेवा पुगेनछ’ : लोक तिवारी


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

अमेरिकाबाट एनआरएन आईसीसीको सदस्यमा विजयी नभएपछि उम्मेदवार लोक तिवारीले आफूले एनआरएनका लागि गरेको मिहिनेत र सेवा नपुगेको भन्दै अर्को पटक थप मिहिनेत र सेवाका साथ आउने बताएका छन् ।

तिवारीले सामाजिक सञ्जालमा लेखेका छन् – “मैले चुवार हारेको बारे घरमा समिक्षा भयो । कसैको सहानुभूती नपाएपछि मैले सोधें तिमीहरुले मलाई सहानुभूती दिदैनौं । छोराले भन्यो  – ‘मैले जाँचमा बी ल्याउँदा कसैले माया गर्छ ? सबैले भन्नुहुन्छ मिहिनेत पुगेन, अझ पढ ।’ छोराको कुराले म निन्द्राबाट ब्यूझेसरह भएँ । वास्तवमा मैले एनआरएनको लागि गरेको मिहिनेत र सेवा पुगेको रहेनछ । म प्रतिज्ञा गर्छु अर्को परिक्षामा अब्बल हुनेछु ।”

अमेरिकाको मेरिल्याण्ड निवासी तिवारी अमेरिका र नेपालमा विभिन्न व्यवसायहरुमा संलग्न छन् भने सामाजिक रुपमा पनि उत्तिकै सकृय छन् । एनआएन आन्दोलनमा लामोसमयदेखि सकृय तिवारी एनआरएन अमेरिकाको २०१३ देखि २०१५ को कार्यकालमोबरिष्ठ उपाध्यक्ष थिए । त्यसपछि २०१५ देखि २०१७ को कार्यकालमा कुनै पदमा उम्मेदवारी नदिएका तिवारी त्यो अवधिमा आईसीसी अन्तर्गत रहेका फरेन इम्प्लोइमेन्ट रिलिफ फण्ड टास्क फोर्सको को चेयरका रुपमारुपमा काम गरे ।

एनआरएनए अमेरिका स्थापना कालदेखि नै विभिन्न चरण पार गर्दै धेरै बर्षसम्म कनिकुथी जीवन्त रहेको अवस्थामा सन् २०१३ देखि २०१५ सम्मको कार्यकाललाई एनआरएनए एनसीसी अमेरिकाको स्वर्णिम कालको रुपमा आज पनि स्मरण गरिन्छ । त्यही समितिमा तिवारी बरिष्ठ उपाध्यक्ष थिए । सन् २०१५ को नोभेम्बर २४ भित्र सम्पूर्ण हस्तलिखित नेपाली राहदानी लाई एमआरपी बनाइसक्नुपर्ने थियो । नेपाली दुताबासमा भएको सिमित स्रोत र साधनले छोटो समयमा ती धेरै राहदानी बनाउने सम्भावना थिएन । तत्कालिन समितिले विभिन्न राज्यमा सहजकर्ता राखेर राहदानी बनाउने कार्यलाई पारेको थियो । उक्त सहजकर्ताको संयोजन तिवारीले गरेका थिए ।

त्यसैगरी तत्कालिन एनआरएन अमेरिकाको विधानलाईसंशोधन गरी सबैका लागि अनुकुल विधान बनाउनुपर्ने र राज्य समिति गठन गर्नु पर्ने चुनौती पार गर्ने ऐतिहासिक एजीएम मेरिल्याण्डमा सम्पन्न गर्दा तयो एजीएमको संयोजन पनि तिवारीले गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com