ह्यारिस अभियानद्वारा एक महिनामा कीर्तिमानी चन्दा सङ्कलन


प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार

TOPSHOT – US Vice President and 2024 Democratic presidential candidate Kamala Harris and her running mate Minnesota Governor Tim Walz wave to the crowd after speaking at the campaign rally at the Fiserv Forum in Milwaukee, Wisconsin, August 20, 2024. (Photo by KAMIL KRZACZYNSKI / AFP)

कमला ह्यारिसको अमेरिकी राष्ट्रपति अभियानले एक महिनामा आधा अर्ब डलरभन्दा बढी चन्दा सङ्कलन गरेको बताएको छ । यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।

राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा ह्वाइट हाउसको दौडबाट बाहिरिएर ह्यारिसलाई समर्थन गरेपछि र ह्यारिसले आफ्नो अभियान सुरु गरेपछि ५४ करोड डलरको आश्चर्यजनक राशि संकलन भएको हो ।

उहाँ रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निर्वाचनको दिन नोभेम्बर ५ का लागि अन्तिम १० साताको दौडमा सहभागी भएपछि यो राशि सङ्कलन भएको हो । ट्रम्पले अगस्टको प्रारम्भमा ३२ करोड ७० लाख डलर सङ्कलन भएको सूचना दिनुभएको थियो ।

हामीले आधिकारिक रूपमा ५० करोड डलरको आँकडा पार गरेका छौँ बिहीबार आफ्नो पार्टीको मनोनयन स्वीकार गर्न डेमोक्रेटिक नेसनल कन्भेन्सनको मञ्चमा आउनुभन्दा ठीकअघि अभियानका अध्यक्ष जेन ओ’माली डिलनले मेमोमा भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक महिनाभन्दा बढी समयमा टिम ह्यारिस–वाल्जले ५४ करोड जुटाउनुभएको छ, यो इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो । उक्त राशि अभियानले डेमोक्रेटिक नेसनल कमिटी र संयुक्त कोष सङ्कलक समितिहरूमार्फत उठाइएको पैसालाई प्रतिबिम्बित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

ती चन्दामध्ये एक तिहाई पहिलोपटक योगदानकर्ताहरूबाट भएको ओ’माली डिलनले जानकारी दिनुभयो । ह्यारिस अभियानले ठूला र साना चन्दादाताहरूलाई समान रूपमा सक्रिय बनाएको जस्तो देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com