रामेछापमा पहिरोले घर बगाउदा २ को मृत्यु , ८ जनाको खोजी चल्दै


प्रकाशित मिति : भाद्र ८, २०८१ शनिबार

रामेछापमा पहिरोमा पु्रिएर २ जनाको मृत्यु भएको छ । आठ जना बेपत्ता भइका छन । दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर ३ लेखर्कमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको हो । आठ जना हराइरहेका प्रहरीले बताएको हो ।

गएराति १० बजेतिर झरेको पहिरोले ६ वटा घर बगाएको हो । गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरका अनुसार चण्डिका थापामगर र एउटा बालकको शव भेटिएको छ । अरू आठ जना हराइरहेका छन ।

घरकै नाम निशान नभएकाले हराइरहेका मानिस खोज्न पनि समस्या भएको प्रहरीको भनाइ छ । पहिरोले ३ वटा घर बगाएर अँधेरी खोलामा पुर्याएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार गएराति परेको भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनास्थलमा प्रहरी टोली पुगेर कम्तीमा ३ घर बगाएको र २ जनाको शव घटनास्थलमा निकालिएको उहाँले बताउनु भयो ।

पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी शुरु गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com