अबदेखि न्युयोर्क सिटीमा बस स्टपहरू अवरुद्ध गर्ने चालकलाई २५० डलरसम्म जरिवाना


प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार

yellow and red bus on road during daytime

न्युयोर्क सिटीमा बस स्टपहरू अवरुद्ध गर्ने ड्राइभरहरूले सोमबारदेखि स्वचालित रूपमा जरिवाना तिर्नुपर्ने प्रावधान सुरु गरिएको छ । जरिवाना ५० डलर बाट सुरु हुन्छ तर पटकपटक अवरुद्ध गर्नेहरुले २५० डलरसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

एमटीएले नयाँ स्वचालित क्यामेराका साथ कारवाही सुरु गरेको हो । बस स्टपहरु अवरुद्ध गर्ने गाडीहरुको वास्तविक समय डाटा क्याप्चर गर्न बसहरूमा क्यामेराहरू जडान गरिएको छ । क्यामेराहरु चेक गरेर बस स्टपहरू अवरुद्ध गर्ने गाडीका ठेगानामा जरिवानाको टिकट पठाइनेछ ।

cars on road near high rise buildings during daytime

यदि कसैले बस लेन, बस स्टप, वा दोहोरो पार्किङमा अवरोध गरेमा हुलाकमार्फत जरिवानाको टिकट प्राप्त गर्ने अपेक्षा गर्न सक्नेछन् । बसका रुटहरूमा डबल पार्क गरेमा, बसहरू अवरुद्ध गरेमा वा बस लेनहरूमा पार्क गरेमा त्यस्ता गाडीका चालक स्वत जरिवानामा पर्ने न्यूयोर्क सिटी ट्रान्जिटका अधिकारीले चेतावनी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब अवरुद्ध गर्ने ड्राइभरहरूले कुनै चेतावनीहरू पाउने छैनन् । उनीहरुले एकैपटकट टिकट प्राप्त गर्नेछन् । बसमा चढ्ने यात्रुहरुका लागि जीवन सजिलो बनाउन यो नियम ल्याएको अधिकारीहरुले बताएका छन् । एमटीएका १४ वटा बस रुटहरूमा चल्ने ६ सय भन्दा बढी बसहरूमा टिकटिङ क्यामेराहरू जडान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com